Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

विश्व स्वास्थ्य दिवस आज

काठमाडौं : आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदैछ। ‘स्वस्थ सुरुवात, आशावादी भविष्य’यो वर्षको नारा रहेको छ। विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाइन्छ।

स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ।

यस वर्ष दिवसमा मातृ तथा नवजात शिशुको स्वास्थ्यमा जोड दिइएको छ। विश्व स्वास्थ्य संगठनले मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी एक वर्ष लामो अभियान सुरु गर्ने जनाएको छ।

अभियानले मातृ तथा नवजात शिशु मृत्यु अन्त्य गर्न र महिलाको दीर्घकालीन स्वास्थ्य र कल्याणलाई प्राथमिकता दिने प्रयासहरू तीव्र पार्न आग्रह गर्नेछ। प्रत्येक वर्ष करिब ३ लाख महिलाहरूले गर्भावस्था वा बच्चा जन्माउने क्रममा आफ्नो ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यस्तै विश्वमा २० लाखभन्दा बढी शिशुहरू जन्मेको पहिलो महिनामै मर्ने र लगभग २० लाख थप मृत जन्मिने गरेको तथ्यांक छ।

नेपाल सरकारले दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्ममा नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र २०३५ मा १० भन्दा कममा ल्याउने प्रतिबद्धता जनाएको छ।

आर्थिक सर्वेक्षण २०७९/०८० को तथ्यांक अनुसार नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ र एक वर्षसम्मका शिशुको मृत्युदर २८ रहेको छ। थाहाखबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP