Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

लागुऔषध र विस्फोटक पदार्थ नियन्त्रण गर्न कृष्णनगर नाकामा डग स्निफिङ्गकाे प्रयोग

(कृष्णनगर) कपिलवस्तु, २७ चैत्र ।

भारतसँग सिमाना जोडिएको कृष्णनगर नाकामा लागु औषध र विस्फोटक पदार्थ नियन्त्रणका लागि डग स्निफिङ्ग (तालिम प्राप्त कुकुर) काे प्रयोग गरिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरले डग स्पर्टको प्रयोग गरी लागुऔषध, विस्फोटक पदार्थ नियन्त्रण तथा चेकजाँच कार्यलाई थप प्रभावकारी बनाउने प्रयासमा लागेकाे छ ।

प्रहरी निरीक्षक सुरज खत्रीले सीमा क्षेत्रमा लागुऔषध ओसारपसार, आपराधिक गतिविधि, गैरकानुनी क्रियाकलापलाई नियन्त्रणका लागि तालिम प्राप्त कुकुरद्वारा थप निगरानी बढाउन प्रयोग गरिएको बताए । उनलेे बुधबार सवारी साधन तथा यात्रुहरूको व्यापक चेकजाँच गरिएको बताए ।

डग स्पर्टको प्रयोगले लुकेको अवस्थामा राखिएका लागुऔषध, विस्फोटक पदार्थ पत्ता लगाउन निकै मद्दत पुग्ने उनको भनाइ छ । उनलेे दुई ओटा जेनी एक्सप्लाेसिभ र जुजु नारकाेटिक्स नामक तालिम प्राप्त कुकुरकाे प्रयाेग गरि चेकजाँच गरिएको बताए । स्थानीय प्रशासनले जनताको सुरक्षाका लागि सीमा क्षेत्रमा निगरानीलाई थप कडा बनाउने प्रतिबद्धता जनाएको छ ।

सीमावर्ती क्षेत्रबाट हुने गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाइने बताइएको छ । प्रहरी निरीक्षक सुरज खत्री कृष्णनगरमा आएपछि गैरकानुनी क्रियाकलाप, आपराधिक गतिविधि लगायत कार्यमा प्रहरी प्रशासनकाे सक्रियता बढ्नुकाे साथै लागुऔषध ओसारपसार नियन्त्रणकाे प्रभावकारिता बढेकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP