Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कपिलवस्तुबाट एक महिनामा एक करोडभन्दा बढीको अवैध सामान बरामद

डिलाराम भुषाल, ८ बैशाख ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले एक महिनामा एक करोड ६ लाख २० हजार चार सय ७० रुपैयाँबराबरको भन्सार छलीका सामान बरामद गरी भन्सार कार्यालयमा पठाएको छ। प्रहरीले चैत महिनामा मात्रै एक करोड ६ लाख २० हजार चार सय ७० रुपैयाँको सामान नियन्त्रणमा लिएको प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए। 

चैतमा १२२ जना फरार प्रतिवादी पक्राउ

प्रहरीले चैतमा १२२ जना फरार अभियुक्तलाई पक्राउ गरेको बताएको छ। प्रहरी कार्यालयले विभिन्न अपराध गरेर फरार रहेका १२२ अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जनाएको छ। पक्राउ परेका फरार प्रतिवादीहरूबाट ५८ वर्ष तीन महिना २ दिन कैद र चार लाख ७ हजार ६८२ जरिवाना असुलउपर गरिएको छ। अदालतबाट दोषी ठहर भएर कैद, जरिवाना वा दुवै सजाए तोकेर भुक्तान नगरेका प्रतिवादीलाई पछिल्लो समय कपिलवस्तु प्रहरीले धमाधम पक्राउ गरेको  प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। 

कार्यालयका अनुसार सजाय अवधि तोकिएको २० वर्षपछि ६ जना, १५ वर्षपछि २१ जना, १० वर्षपछि १९ जना, ५ वर्षपछि १५ जना र ५ वर्षभन्दा कमका ६१ जना गरी कुल १२२ जना पक्राउ गरिएको हो।

प्रहरीले चैतमा दर्ता भएका २७१ वटा मुद्दामध्ये १६९ मुद्दा मिलापत्रसमेत गरेको छ। यस्तै, ५६ वटा मातहतका कार्यालयमा पठाइएको छ। अधिकारीले भने, ‘४६ वटा पेन्डिङ रहेका मुद्दा फर्स्योट हुन बाँकी छन्।’

चैतमा घरेलु हिंसाका ४९ उजुरी

चैत महिनामा मात्र कपिलवस्तु प्रहरीले घरेलु हिंसाको ४९ वटा उजुरी आएकोमा ४१ जनालाई सहमति गरी पठाइएको छ भने आठवटा बाँकी रहेको बताएको छ। प्रहरीले नियमित कामसँगै समुदायसँग साझेदारीको कार्यक्रम पनि गर्ने गरेको र विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। 

२२३३ वटा सवारीसाधनमाथि कारबाही

प्रहरीले चैत महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय एवं मातहतको संयुक्त टोलीबाट गरिएको सवारीसाधन चेकिङबाट २२३३ वटा सवारीसाधनलाई कारबाही गरी २१ लाख ५२ हजार राजस्व संकलन गरेको छ।  कार्यालयले लागुऔषधसहित विभिन्न घटनाबाट ब्राउनसुगरसहित सातजनालाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP