काठमाडौं : नेकपा एमालेका सचिव गोकर्ण विष्टले विश्व अर्थतन्त्रमा विश्व अर्थतन्त्रका देखापरेको समस्या र चुनौतीलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विश्व अर्थतन्त्रमा नयाँ प्रकारका संकट र समस्याहरू देखिएको बताए। उनले अति विकसित देशहरूको व्यापार युद्धको प्रतिस्पर्धाको प्रत्यक्षरुपमा प्रतिकूल असरका सामना नेपालले पनि गर्नुपर्ने बताए।
उनले अर्थतन्त्रमा समस्या र चुनौती थपिए पनि आन्तरिक रुपमा सम्भावित सम्भावना खोज्नुपर्ने बताए। उनले आन्तरिक रुपमा पनि लामो समयदेखि नेपालको अर्थतन्त्रको अवस्था चुनौतिपूर्ण रहेको बताए। वर्तमान सरकारको छोटो प्रयासले मात्रै अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने उनको भनाइ छ।
सचिव विष्टले पञ्चायती व्यवस्थाको अन्त्यपछि लोकतान्त्रिक अभ्यासले देशको गरिबी निवारणलगायत अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दाबी गरे । थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया