Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट

कञ्चनपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको मधेश जागरण अभियानका क्रममा कञ्चनपुर पुगेका छन्। त्यसक्रममा उनले जिल्लाको पुनर्वास नगरपालिका–५ स्थित शोभा ताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गरेका छन्।

कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको क्रममा अमूल्य बलिदान दिने ३८ जना सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको परिवारप्रति सम्मान व्यक्त गरे। भेटघाट कार्यक्रममा सहिद परिवारका सदस्यहरूसँग आत्मीय संवाद गर्दै उनले जनयुद्धको योगदान र सहिदहरूको बलिदानलाई संस्थागत रूपमा स्मरण गर्नुका साथै सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता पनि दोहोर्‍याए।

त्यसअघि आजै बिहान पुनर्वासमा जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूका परिवारलाई पनि अध्यक्ष प्रचण्डले सम्मान गरेका छन्। पुनर्वास नगरपालिकामा आयोजित सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रममा उनले जनयुद्धमा ज्यान उत्सर्ग गरेका योद्धाहरूको परिवारलाई सम्मान गरेका हुन्।

कार्यक्रममा नेपाल परिवार दल परित्याग गर्दै विष्णु कुमारी लामिछाने बिके माओवादी केन्द्रमा प्रवेश गरिन् भने उनलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरे।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP