
कृष्णनगर, २८ बैशाख ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा बृहत नि:शुल्क मृटृ र मृगौला जाँच स्वास्थ्य जाँच शिविर हुने भएको छ । यही १९ र २० गते शिवराज अस्पताल बहादुरगञ्जमा स्वास्थ्य शिविर हुने भएको हाे ।
नगरपालिकाकाे आयाेजना र त्रिवि शिक्षिण अस्पताल लगायतकाे प्राविधिक सहयोगमा स्वास्थ्य शिविर हुन लागेकाे नगर प्रमुुख रजत प्रताप शाहले जानकारी दिए ।
शिविर मार्फत नि:शुल्क मृटु तथा मृगौला राेग सम्बन्धी परामर्श सेवा, इसिजी, इकाे कार्डियाेग्राफी, औषधी वितरण र रगत परिक्षण सेवा उपलब्ध हुने उनलेे बताए ।
उनले विशेषज्ञ चिकित्सकहरुद्वारा स्वास्थ्य सेवा उपलब्ध हुने भएकाले स्वास्थ्य शिविरमार्फत सम्पूर्णलाई सेवा लिन अनुरोध गरे ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया