Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

लागुऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन्।

ललितपुर, बागमती गाउँपालिका-२ छपेलीबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ सय ६ ट्याब्लेट र नगद ३५ हजार ३ सय ३० रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-८ घर भएका ३१ वर्षीय विकेश स्याङ्तान र सोही गाउँपालिका-४ घर भएका ३२ वर्षीय दिनेश बहादुर बोम्जन रहेका छन्। प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले मकवानपुरबाट ललितपुरतर्फ आउँदै गरेको बा.८० प ३३६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागुऔषध डाईजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल र नोर्फिन २ सय एम्पुल सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नवलपरासी पश्‍चिम पाल्हीनन्दन गाउँपालिका-१ सेकरपुर बस्ने १९ वर्षीय अखिलेश कुमार यादव, २२ वर्षीय शिव पत्तरकट र सरावल गाउँपालिका-२ बस्ने १९ वर्षीय सन्दिप चौहान रहेका छन्। अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको गण्डकी प्रदेश ०३-००१ ख ००२२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ भुजेलाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-५ बस्ने २७ वर्षीय अनिल पहरी र २२ वर्षीय आकाश लुहार रहेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले डिएल ४ एचबि २६१३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीको होल्डिङ सेन्टरबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय रबिन्द्र चन्द र २२ वर्षीय चेतन चन्द रहेका छन्। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रूपमा खटिएको प्रहरीले सु.प. प्र.०२-००३ प ३८९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

महोत्तरी, बर्दिबास नगरपालिका-३ स्थित सडकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट लिखु गाउँपालिका-५ बस्ने २८ वर्षीय दिपेश श्रेष्ठ र सोही गाउँपालिका-६ बस्ने २८ वर्षीय राजेन्द्र डंगोल रहेका छन्। इलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिराहा लहानदेखि काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७३०३ नम्बरको हाइसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

भक्तपुर, सूर्यविनायक नगरपालिका-२ बालकोटबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३२ मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका २७ वर्षीय हरीनाथ कोइरालालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ताबाट नियन्त्रित लागुऔषध डाईजेपाम ९ एम्पुल , फेनारगन ९ एम्पुल र बुप्रेनोर्फिन ९ एम्पुल सहित सोही नगरपालिका-१३ बस्ने २१ वर्षीय पारस राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको ना.१ ज ६८९३ नम्बरको विङगरमा सवार उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP