Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह

काठमाडौँ : नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सेनाले मझौला उद्योग व्यवसायीहरूको ब्याज र हर्जाना छुट गरिदिन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आइतवारको बैठकमा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेटमा सरकारसँग उनीहरूको ब्याज र हर्जाना छुट गरिदिन माग गरेका हुन्। उनले देशभर रहेका मझौला उद्योग अहिले धेरै मारमा रहेको र सरकारले मिटरब्याजभन्दा पनि बढी हर्जाना तिराएको बताए।

हर्जाना र ब्याज तिर्न नसक्दा अहिलेसम्म १७ जना मझौला उद्योग व्यवसायीले आत्महत्या गरेको बताए।

तिमल्सेनाले भने, ‘देशभरमा रहेका मझौला उद्योगहरू, इँट्टाभट्टा लगायतका उद्योग अहिले धेरै मारमा छन्। उहाँहरूलाई मिटरब्याजभन्दा पनि बढी सरकारले हर्जाना र जरिबान गराउँदा उहाँहरूले कर तिर्न नसक्ने अवस्था छ। मझौला उद्योग गर्ने १७ जनाले आत्महत्या गरेका छन्। कम सेकम सरकारले हर्जाना र ब्याज छुट गरिदिने हो भने राजस्व पनि धेरै उठ्ने, करदाताले कर पनि तिर्नसक्ने र उद्योगहरू पनि सञ्चालन हुनसक्ने भएकाले यो हर्जाना र ब्याज छुट गरिदिन आग्रह गर्दछु।’

सांसद तिमल्सेनाले सरकारले हर्जाना र ब्याज छुट गर्नसके धेरै राजस्व उठ्ने पनि बताए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP