Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

विजयनगरका मदरसालाई शैक्षिक तथा खेलकुद सामग्री


घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ७ गते ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले मदरसाहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेकाे छ । पालिकाभित्र रहेका १८ ओटा धार्मिक विद्यालय मदरसाहरुलाई मंगलबार उक्त सामग्री वितरण गरिएकाे हाे । खेलकुदकाे माध्यमबाट मदरसामा अध्ययनरत विद्यार्थीलाई शिक्षामा थप उत्प्रेरणा दिने उद्देश्यले शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिएको गाउँपालिका शिक्षा शाखाका प्रमुख हरिहर बेल्बासेले जानकारी दिए ।

गाउँपालिकाले मदरसाहरुलाई भलिबल १ थान, भलिबल नेट १ थान, ब्याडमिन्टन १ सेट, क्रिकेट बल २ थान, क्रिकेट ब्याट २ थान, क्रिकेट स्टम्प १ सेट, स्किपिङ २ थान, ब्याडमिन्टन कक १ राेल, अल इन वन किताब २ थान, ब्लक सेट २ थान, नेपाली वर्णमाला २ थान, अंग्रेजी राइमस् २ थान, गुणन तालिका १ थान र अंक तालिका १ थान उपलब्ध गराइएकाे उनले जनाए ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले मदरसा शिक्षालाई प्रभावकारी बनाउनुपर्नेमा जाेड दिएका छन् । उनले काेही पनि विद्यार्थी शिक्षाबाट वञ्चित नहुने गरी शतप्रतिशत बालबालिकालाई अनिवार्य रुपमा मदरसामा भर्ना गरेेर पठनपाठनका क्रियाकलापलाई अगाडी बढाउनुपर्ने जिकिर गरे । उनले धार्मिक किताबकाे साथै सरकारले मदरसामा अनिवार्य गरेका विषयहरुलाई अझै बढी महत्त्व दिई अध्ययनअध्यापनमा जाेड दिन आग्रहसमेत गरे ।

मदरसामा शैक्षिक सुधार र गुणस्तरीयताका लागि माैलाना, अभिभावक र व्यवस्थापन समितिले पनि चाँसाेे राख्न आवश्यक रहेकाे उनलेे बताए । गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेकाे बताउँदै गाउँपालिकाबाट उपलब्ध हुने हरेक सेवा सुविधा, माग र आवश्यकतालाई महसुस गरेकाे हुँदा आवश्यकता अनुसारकाे बजेट विनियोजन गर्दै जाने अध्यक्ष थापाले प्रतिबद्धतासमेत जनाए ।

यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले परम्परागत भन्दा आधुनिक शैक्षिक सिकाई शैलीमा जाेड दिइन् । वार्षिक, मासिक र दैनिक समय तालिम अनुसार विद्यार्थीकाे पठनपाठनमा लाग्नुपर्ने उनले बताइन् । कार्ययाेजना नहुँदा शैक्षिक नतिजा कमजोर देखिएकाे बताउँदै गुणस्तरीय र प्रभावकारीताका लागि अनुगमन कार्यलाई निरन्तरता दिने उपाध्यक्ष चाैधरीकाे भनाइ छ ।

कार्यक्रमलाई शिक्षा शाखाका प्रमुुख हरिहर बेल्बासे, शिक्षा समितिका सदस्य विजय कुमार चाैधरीले सम्बाेधन गरेका थिए । शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्यक्रममा शिक्षा समितिका सदस्य हरिनारायण चाैधरी, राम कुमार रिजाल, मदरसा व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकहरुकाे उपस्थिति थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP