Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

दश महिनामा आठ हजार बढी विपद्का घटना

काठमाडौँ : पछिल्लो १० महिनामा औसतमा दैनिक २७ वटा विपद्का घटना घटेका छन्।

ती घटनामा मृत्यु भएका ५८९ जनाको शव व्यवस्थापन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए। उनका अनुसार गएको मनसुनमा धेरै विपद्जन्य घटना घटेको र मानवीय क्षतिसमेत भएको थियो।

प्रवक्ता थापाले १० महिनामा विपद्का आठ हजार २८३ घटना घटेको बताए। ती घटनाहरुमा परेर एक हजार ५१८ घाइते भएका छन्। कूल ३२ परिवार विस्थापित भएको बताए।

ती विपद्जन्य घटनाहरुमा ५३ हजार प्रहरी जनशक्ति परिचालन गरी खोजतलास, उद्धार, राहत तथा सुरक्षित स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

मनसुन प्रवेशको सँघारमा रहेकाले विपद् प्रतिकार्यका लागि प्रहरीले योजना निर्माण गरी आवश्यक तयारी गरिरहेको प्रवक्ता थापाको भनाइ छ।

केन्द्रमा विपद् व्यवस्थापन कार्यालय रहेको र सबै प्रदेशमा विपद् व्यवस्थापन गुल्ममार्फत टोली परिचालन हुने जनाइएको छ। जिल्लामा आवश्यकताका आधारमा विपद् व्यवस्थापन टोली परिचालन हुने प्रहरीले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदर भन्दा बढी वर्षा हुने आँकलन सार्वजनिक गरिसकेकाले प्रभावकारी विपद् व्यवस्थापन अघि बढाउन आवश्यक भएको र सोहीअनुसार तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP