Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन्।

सुनसरी, धरान उपमहानगरपालिका-१५ देवी गाउँबाट लागुऔषध गाँजा करिब ८२ किलोग्राम सहित धनकुटा चौबिसे बस्ने २० वर्षीय अर्जुन लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्र.१-०२-०४४ प ४३२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक लिम्बुलाई पक्राउ गरेको हो।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका वडा नम्बर ८ र ११ बाट नियन्त्रित लागुऔषध सहित ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ बस्ने १८ वर्षीय किशोर, धरान उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय अनिल लिम्बु, १८ वर्षीय किशोर, धरान उपमहानगरपालिका-१७ बस्ने २२ वर्षीय राज कुमार राई, २८ वर्षीय अनिल मगर र सोही उपमहानगरपालिका-१९ बस्ने १८ वर्षीय किशोर रहेका छन्। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रित लागुऔषध ट्रामोल ७ सय ९५ क्याप्सुल र कोलिवान ७ सय ८५ पिस सहित पक्राउ गरेको हो।

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ फलफुल चोकबाट नियन्त्रित लागुऔषध डाइजेपाम ३६ एम्पुल, बुप्रेनोर्फिन ३६ एम्पुल, प्रोमेथाजाइन ३६ एम्पुल र ५ पिस सिरिन्ज सहित बर्दघाट नगरपालिका-४ मर्चाघोला बस्ने ३३ वर्षीय छेवाङ लामालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थान गैरीगाउँबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय रोहित बिशुंखेलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, दमक नगरपालिका-३ बेलडागीबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दमक नगरपालिका-३ बेलडागी बस्ने ४० वर्षीय सन्बिर तामाङ र १९ वर्षीय रोमन गुरूङ रहेका छन्। प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट लागुऔषध गाँजा करिब १२ किलोग्राम सहित धनकुटा नगरपालिका-१ हिले बस्ने ३९ वर्षीय दिनेश तामाङ समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले हिलेबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००१ ज ४५७५ नम्बरको ईभि गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक तामाङ समेत २ जनालाई पक्राउ गरेको हो।

रूपन्देही, बुटवल उपमहानगरपलिका-७ दीपनगरबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-७ घर भएका २३ वर्षीय महेश बस्नेतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP