
काठमाडौँ : सरकारले रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति (भिसी) नियुक्तिको प्रक्रिया अघि बढाएको छ। यसका लागि प्रतिष्ठानहरूका सहकुलपति रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले रिक्त रहेका चार प्रतिष्ठानका भिसी नियुक्तिका लागि सर्च कमिटी गठन गरेका छन्।
स्वास्थ्यमन्त्री पौडेलको सचिवालयका अनुसार केही दिनअघि सरकारले उपकुलपति रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि स्वास्थ्यमन्त्रीको संयोजकत्वमा उपकुलपति सिफारिस गर्न सर्च कमिटी गरिएको छ। जसमा राष्ट्रिय योजना आयोगका स्वास्थ्य हेर्ने सदस्य डा. आरपी बिच्छा र स्वास्थ्यसचिव डा. विकास देवकोटा सदस्य रहेका छन्।
यही सर्च कमिटीले रिक्त रहेका प्रतिष्ठानमा भिसी नियुक्तिको आवश्यक मापदण्ड सहितको उम्मेदवारहरूको नाम सहितको प्रतिवेदन प्रतिष्ठानका कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएपछि सिफारिस भएका तीनजना मध्येबाट प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन्।
हाल झण्डै दुई महिनादेखि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटनस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिविहीन छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया