विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २० लाख नाघ्यो, ६५ लाख ६२ हजार बढी निको भए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या एक करोड २० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर एक करोड २० लाख १२ हजार ७२० संक्रमित भेटिएका छन् ।

सबैभन्दा बढी अमेरिकामा साढे ३० लाखभन्दा बढी कोरोनाका संक्रमित फेला परेका छन् भने ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितको संख्या १७ लाख नाघेको छ । भारतमा पनि सात लाख ४० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि पाँच लाख ४८ हजार ९१४ पुगेको छ । मृत्यु हुनेमा पनि अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा कोरोनाका कारण अहिलेसम्म एक लाख ३२ हजार २९९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६७ हजार ९६४ पुगेको छ । बेलायतमा अहिलेसम्म ४४ हजार ६०२ जनाको कोरोना भाइरसको मृत्यु भएको छ । अहिलेसम्म विश्वभर ६५ लाख ६२ हजार ६७९ संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP