Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कृष्णनगरका छाेरीलाई साइकल उपहार

कृष्णनगर, २० जेठ ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेकाे छ । लुम्बिनी प्रदेश सरकारको विशेष अनुदान अन्तर्गत नगरपालिकाले कक्षा ८ उत्तीर्ण भई कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीलाई साइकल उपलब्ध गराएकाे शिक्षा शाखाका प्रमुख बलराम पन्थीले जानकारी दिए ।

नगरपालिकाबाट १ सय ८२ वटा खरिद भए पनि १ सय ६० ओटा वितरण गरिएको बताउँदै साइकल वितरणको लागि बनाइएको माप दण्डमा १ सय ६० जना मात्र परेकोले बाँकी साइकल नगरपालिकाको निर्णय अनुसार वितरण गरिने उनले जनाए ।

कार्यक्रममा बाेल्दै नगर प्रमुख रजत प्रताप शाहले यस साइकल वितरण कार्यक्रमले माध्यमिक तहमा विद्यार्थीको भर्ना दरमा थप सुधार ल्याउने अपेक्षा लिएकाे बताए । उनलेे छाेरीलाई शिक्षामा निरन्तरताका लागि उत्प्रेरणा दिने बताए । शिक्षाप्रति लगाव बढाउँदै जाने र ड्राफआउट हुने संख्यामासमेत कमी आउने शाहकाे भनाइ छ ।

कार्यक्रममा नगर उप-प्रमुख आरती देवी चाैधरी, १ का वडा अध्यक्ष तुङ्गनाथ चाैधरी, २ का वडा अध्यक्ष कृष्ण कुमार गुप्ता, १० का वडा हरिपाल चतुर्बेदी लगायत उपस्थिति थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP