अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ।

बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा(२१ का ५० वर्षीय चन्द्रबहादुर ब्लोन रहेका छन्। ब्लोनको शव दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा बुधबार बिहान क्षतविक्षत अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ। ब्लोन मंगलबार दिउँसो बाख्रा चराउन जंगल गएका थिए।

जंगलबाट नफर्किएपछि उनको खोजी जारी थियो। जंगलमा खोज्दै जाने क्रममा बाघले खाइरहेकै अवस्थामा शव फेला परेको जीतपुरसिमरा–२१ वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए।

शव फेला परेपछि तत्कालै प्रहरी, जनप्रतिनिधि र स्थानीयबासी घटनास्थल पुगेका छन्। अविवाहित ब्लोन लामो समयदेखि दिदीभिनाजुको घरमा बस्दै आएका थिए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP