Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

फेरि कोभिड : भारतमा तीव्र फैलिएको ओमिक्रोनको नयाँ सब-भेरिएन्ट नेपालमा पनि देखियो

सविना खनाल

काठमाडौँ : नेपालमा पछिल्लो केही हप्तादेखि देखिन थालेको कोभिड संक्रमणमा ओमिक्रोनको सब-भेरिएन्टको पछिल्लो पुस्ताको सब-भेरिएन्ट भएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सब-भेरिएन्ट पुष्टि भएको हो।

उनका अनुसार जेठ २२ देखि २९ गतेसम्म छिमेकी देश भारतबाट आएका र त्यहीँबाट नेपाल आउने नागरिकमा पनि आरडिटी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएका थिए।

उनीहरूमा जीन सिक्वेन्सिङ गरेर कुन खालको भेरिएन्ट देखिएको छ भनेर पिसिआर विधिबाट कोरोना पुष्टि भएका १४ वटा नमुनाको जिन सिक्वेसिङ गर्दा ओमिक्रोनका विभिन्न सब-भेरिएन्ट पुष्टि भएको छ।

पुष्टि हुनेमा छवटामा एक्सएफजी.३, पाँचवटामा एक्सएफजी, एउटामा एक्सएफजी ३.१ र दुई वटामा जेएन.१ रहेको छ।

ओमिक्रोनको सब-भेरिएन्ट कोभिड-१९ गराउने सार्स कोभ-२ भाइरसको ओमिक्रोनको विकसित रुप हो। भाइरस लगातार अनुवंशिकरुपमा परिवर्तन (म्युटेट)भइरहन्छ। यस्ता भेरिएन्टले छुट्टै विशेषता देखाउने गर्छ।

रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभर पुस यता २५ जिल्लाबाट १६७ कोभिड संक्रमित भेटिएका छन्।

जसमा सबैभन्दा बढी बागमती प्रदेशमा १३१, कोशी प्रदेशमा चार, मधेश प्रदेशमा पाँच, गण्डकीमा तीन र लुम्बिनीमा तीन र सुदूरपश्चिम प्रदेशमा २१ जना छन्।

भारतमा ओमिक्रोनको नयाँ सब भेरिएन्ट एनबी.१.८.१ भाइरस तीव्ररूपमा फैलिएको र यो भेरिएन्ट अति सङ्क्रामक भए पनि कम घातक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनको यसअघि देखिएका सब-भेरिएन्टहरू घातक नदेखिए पनि संक्रामक बढी भएकाले जेष्ठ नागरिक, दीर्घ रोगका बिरामी, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई भने असर गर्न सक्ने जनाएको छ।

चिकित्सकका अनुसार रुघा/खोकी लाग्ने, घाँटी दुख्ने, आलस्य हुने, मांशपेशी दुख्ने, जिऊ दुख्ने, नाक बन्द हुने, डायरिया हुने, ज्वरो आउने, जिउ दुख्ने यो भाइरसका प्रमुख लक्षण हुन्।

खुल्ला सिमाना भएका कारण हालसम्म भारतमा देखिएका सबै संक्रामक रोगहरू केही समयपछि नेपालमा भित्रिने हुँदा जोखिम धेरै रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको भनाइ छ।

‘खुल्ला सिमाना छ जसले गर्दा भारतमा देखिएका सबै खालका संक्रामक रोगहरू हाम्रोमा पनि देखिने जोखिम सधैँ हुन्छ। सीमा नाका, हवाई नाकामा रहेका हेल्थ डेस्कहरू सक्रिय बनाएका छौँ’, डा. बुढाथोकीले भने।

यस्तै हाल कोभिड संक्रमण केशहरू भेटिएको सुदूरपश्चिम प्रदेशमा थप संक्रमणको जोखिम हेरेर परीक्षणलाई तीव्र बनाइएको र त्यसका लागि हालै मात्र २ सयभन्दा बढी पिसिआर परीक्षण एन्टिजेन किट पठाइएको इडिसिडी प्रमुख डा. झाले बताए।

‘संक्रमण देखिएको क्षेत्रमा हामीले परीक्षण तीव्र बनाइएको छ, जसका लागि २ सयभन्दा बढी परीक्षण किट पठाइएको छ भने स्थानीय तहहरूसँग समन्वय गरेर सीमाहरूमा रहेका हेल्थ डेक्समा परीक्षण कडाइ गर्न भनिएको छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP