Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

आज बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका निर्देशक नवीन दाहालले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार आकस्मिक कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

मृतक महिलालाई सात दिन अघिदेखि स्वास्थ्यमा समस्या थियो। श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि हिजो बिर्तामोडको बिर्तासिटी अस्पतालमा परीक्षण गरिएको थियो।

त्यस परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो। कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन्।

प्रदेश स्वास्य मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP