Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

छात्रालाई अभद्र सन्देश पठाएको आरोपमा शिक्षक पक्राउ,विद्यालय क्षेत्र तनावग्रस्त

रौतहट : जिल्लाको गरुडा नगरपालिका–९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालय तनावग्रस्त बनेको छ। विद्यालयका एक शिक्षकमाथि आफ्नै छात्रालाई आपत्तिजनक सन्देश पठाएको आरोप लागेपछि स्थानीयले आक्रोश व्यक्त गर्दै विद्यालयमा तोडफोड गरेका छन्।

विद्यालयका सामाजिक शिक्षा शिक्षक रवीन्द्र प्रसाद साहले एक छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखिएको सन्देश पठाएको भन्दै विद्यार्थी र अभिभावक आक्रोशित बनेका थिए। घटनापछि साहमाथि कुटपिटसमेत गरिएको छ।

आइतबार विद्यालय परिसरमै आक्रोशित भिडले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो। घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको टोली घटनास्थल पुगेको थियो। भिड नियन्त्रण गर्न प्रहरीले एक राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले शिक्षक रवीन्द्र साहलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। उनले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP