
स्पेन महिला युरोकप २०२५ को सेमिफाइनलमा पुगेको छ। गएराति भएको खेलमा स्पेनले आयोजक स्वीट्जरल्याण्डलाई २-० गोलले पराजित गर्दै अन्तिम सेमिफाइनलमा स्थान बनाएको हो।
सन् २०२३ को विश्वकप विजेता स्पेनले पहिलो पटक युरो कपमा सेमिफाइनलको यात्रा तय गरेको छ। वाङ्कडर्फ स्टेडियममा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएका हुन्। सब्सिच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेकी अथेनिया डेल कास्टिलोले ६६औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाइन्। त्यसको पाँच मिनेटपछि क्लाउडिया पिनाले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाइन्।
यसपछि कुनै पनि टोलीबाट गोल नभएपछि स्पेनले २–० गोलको जित सुनिश्चित गर्यो। स्पेनले अब फाइनल प्रवेशका लागि फ्रान्स वा जर्मनीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्स र जर्मनीको खेल नेपाली समय अनुसार शनिबरा राति पौने १ बजे हुनेछ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया