
काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ परेका छन्।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी गैरीगाउँबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ३ सय ४७ ट्याब्लेटसहित सोही ठाउँ डेरा गरी बस्ने शंखरापुर नगरपालिका-२ पटाप घर भएका २६ वर्षीय जोन तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ स्थित डोकेबजारबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-४ चौराहा बस्ने १९ वर्षीय आयुष मल्ललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी परासन समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-६ सिंहपुर राना टोलस्थित सडकबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने आकाश राना समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले बा.४६ प ७७३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित अर्जुनधारा नगरपालिका-५ बस्ने २५ वर्षीय अजय धिमाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यसैगरी झापा, मेचीनगर नगरपालिका-३ दोकडाँडा बस्ने ४३ वर्षीय हरिलाल न्यौपानेलाई लागुऔषध गाँजा १ किलो ५ सय २८ ग्रामसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
यसैगरी झापा, दमक नगरपालिका-५ बाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४२ ग्राम १७ मिलिग्राम, नगद ३७ हजार ९ सय रूपैयाँ र डिजिटल तराजु १ थानसहित भारत विहार कटिहार घर भएका २८ वर्षीय सुरज कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
बर्दिया, बढैयाताल गाउँपालिका-७ पचासास्थित सडकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्रामसहित बाँके बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने २४ वर्षीय कर्ण बहादुर लोहारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यसैगरी बर्दिया, गुलरिया नगरपालिका-८ भादाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ टेपरी बस्ने ३० वर्षीय अबधेश यादव र ३३ वर्षीय विवेक गिरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले महम्दपुर देखि गुलरिया बजारतर्फ आउँदै गरेको भे.१ ह ६८७ नम्बरको अटो तलासी गर्दा उक्त लागुऔषध फेला पारी अटो चालक अबधेश र अटोमा सवार विवेकलाई पक्राउ गरेको हो।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडाबाट नियन्त्रित लागुऔषध डाईजेपाम ३६ एम्पुल, फेनारगन ३६ एम्पुल र नोर्फिन ३६ एम्पुलसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा शुक्लागण्डकी नगरपालिका-८ बस्ने ३० वर्षीय किरण आले, सोही नगरपालिका-४ दुलेगौडा बस्ने ३० वर्षीय विशाल गुरूङ र १८ वर्षीय किशोर रहेका छन्। इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले विशालको डेरा कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० बाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-०१ चौकीटोल बस्ने २१ वर्षीय दिल बहादुर लो तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
धनकुटा, चौबिसे गाउँपालिका-५ मानेडाँडाबाट नियन्त्रित लागुऔषध ट्रामोल ९२ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २५ वर्षीय सौगात मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो।
बाँके, कोहलपुर नगरपालिका-७ लखनास्थित घरबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-६ बस्ने २१ वर्षीय रामलाल भुजुवा, सोही नगरपालिका-७ बस्ने ३३ वर्षीय मिथुन थारू र सोही नगरपालिका-५ बस्ने ३२ वर्षीय जनक थारू रहेका छन्। इलाका प्रहरी कार्यलय कोहलपुर र अस्थायी प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया