
विजयनगर, ९ साउन ।
प्रेस चाैतारी नेपाल शिवराज नगर समितिको अध्यक्षमा गीता पौडेल चयन भएकी छन् । शुक्रबार सम्पन्न नगर समितिकाे दाेस्राे अधिवेशन तथा साधारणबाट सर्वसम्मत रुपले पाैडेललाई अध्यक्ष पदमा चयन गरेकाे हाे । पाैडेलकाे नेतृत्वमा ९ सदस्यस प्रेस चाैतारी नेपाल नगर समिति गठन गरिएको छ ।
जसको उपाध्यक्षको पदमा यशोदा सुनार, सचिवमा आरती परियार, सह-सचिवमा नन्दकिशोर (लालु) चाैधरी र कोषाध्यक्षमा गौतम यादव चयन भएका छन् । यस्तै सदस्यहरुमा सबिना अधिकारी, कमला काफ्ले र हसिना थारु समेत निर्वाचित भएका छन् ।
नयाँ नेतृत्वले नगर समितिका विभिन्न गतिविधिहरूलाई गति दिने तयारी गरेको छ । समाज र समुदायको विकासमा जुट्नका लागि सबै निर्वाचित सदस्यहरूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उक्त निर्वाचन समारोहमा उपस्थित भएका प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेशका महासचिव हरि अधिकारी, सदस्य कमल बिष्ट, नेकपा एमाले जिल्ला कमिटीका सचिव चन्द्र बहादुर गहतराज, प्रेस चाैतारीका जिल्ला अध्यक्ष बाबुराम रायमाझी, इन्चार्ज राम प्रकट काेरी लगायतले नवनिर्वाचित नयाँ नेतृत्वलाई बधाई दिएर सफल कार्यकालको शुभकामना दिएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया