
काठमाडौं : एसिया कप क्रिकेट युनाइटेड अरब इमिरेट्स (युएई)मा आगामी सेप्टेम्बर ९ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने भएको छ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले खेल तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार भारत र पाकिस्तान एकै समूहमा रहेका छन्। यी दुई कट्टर दुश्मनबिचको खेल १४ सेप्टेम्बरमा हुने छ।
यदि दुबै टिम सुपर–४ मा पुगेमा २१ सेप्टेम्बरमा अर्को खेल हुन सक्ने सम्भावना रहेको छ। एसिया कप २०२५ को आयोजनाको जिम्मा भारतलाई मिलेको थियो। तर भारत–पाकबिचको तनावका कारण प्रतियोगिता न्युट्रल भेन्यूमा खेल्न लागिएको हो।
पाकिस्तानले भारतीय भूमिमा कुनै पनि हालतमा नखेल्ने बताएको थियो। यसअघि भारतले पनि पाकिस्तानमा आयोजना भएका प्रतियोगितामा आफ्ना खेल न्युट्रल भेन्यूमा खेल्दै आएको छ।
एसीसीका अध्यक्ष मोहसिन नकवीले प्रतियोगिताका बारेमा जानकारी दिँदै प्रतियोगिता टी–२० फर्म्याटका आधारमा हुने बताए। नकवी पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष समेत हुन्।
कुल ८ राष्ट्र सहभागी रहेको प्रतियोगितामा समूह ए मा भारत, पाकिस्तान, यूएई र ओमान रहँदा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र हङकङ रहेका छन्।
एसिया कपको सुरुवात १९८४ मा भएको थियो। अहिले सम्म यो प्रतियोगिता १६ पटक भएको छ। भारतले यो प्रतियोगिता सर्वाधिक ८ पटक जित्दा श्रीलंकाले ६ र पाकिस्तानले २ पटक जितेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया