
शिजराज अनलाइन, ११ साउन ।
कपिलवस्तुकाे शिवराज नगरपालिका- ५ चन्द्राैटाकाे प्रगति टोलका निवासी दीपक न्यौपानेको घरमा भएको चोरीको घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले दाङकाे लमही नगरपालिका- ४ अर्नवाका ३२ वर्षीय टोपेन्द्र सिंह ठकुरीलाई पक्राउ गरेको हाे । प्रहरीले शिवराज नगरपालिका-१ बनकट्टाबाट शुक्रबार ठकुरीलाई पक्राउ गरिएकाे जनाएको छ । गत मंगलबार राति ३ बजे चाेरी भएको थियोे ।
चोरीको घटनाबारे अनुसन्धान गर्ने क्रममा फफुरी इङ्गलिस बाेर्डिङ स्कूलको सीसीटीभी फुटेजमा कैद भएको व्यक्तिको हुलियाको आधारमा प्रहरीले खोज तलास गर्दा चोरी गरिएका सुनका गरगहना आफ्नो घरमा लुकाइराखेको ठकुरीले स्वीकार गरेका छन् ।
प्रहरीले ठकुरीलाई जिल्ला अदालतमा आठ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखेको छ । चोरीका घटनाबारे थप अनुसन्धान जारी रहेको वडा प्रहरी कार्यालय चन्द्राैेटाका प्रहरी निरीक्षक सुजन बिक्रम शाहले जानकारी दिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया