Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

बजारमा थाइराइड र युरिक एसिडका नक्कली औषधि छ्यापछ्याप्ती

काठमाडौँ : बजारमा छ्यापछ्याप्ती नक्कली औषधि भेटिन थालेपछि औषधि व्यवस्था विभागले सचेत रहन आग्रह गरेको छ।

विभागले सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा अन्य अनलाइन प्लाटफर्मको प्रयोगमार्फत नक्कली औषधिको प्रचार गरी ठगी गर्ने काम भइरहेको हुँदा सचेत रहन आग्रह गरेको हो।

विभागले चिकित्सकीय प्रमाणबिनै प्रचार गरिएका केही औषधिजन्य वस्तु तुरुन्त बिक्री वितरण रोक्न निर्देशन दिएको छ। बिहीबार विभागले औषधिको नाम र तस्बिरसहितको सूचना जारी गदैं ती उत्पादन जनस्वास्थ्यका लागि जोखिमपूर्ण रहेको बताएको छ।

विभागका महानिर्देशक नारायण ढकालले जारी गरिएको सूचनामा भनिएको छ‚ ‘सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायत अन्य प्लाटफर्ममार्फत प्रचारप्रसार गरी मधुमेह निको पार्ने, मोटोपन घटाउने प्रोस्टेट ठीक पर्ने, थाइराइड निको पार्ने, युरिक एसिड निको पार्ने, यौनशक्ति बढाउने‚ रक्सी छुटाउने र क्यान्सर जस्ता प्राणघातक रोगहरू निको पार्ने दावी गर्दै अनधिकृत रूपमा नकली औषधि विक्रीवितरण भइरहेको भन्दै विभागको गम्भीर ध्यानाकर्षण भए‌को छ।

चिकित्सकको सिफारिसविनै विज्ञापनको आधारमा प्रयोग गरिने यस्ता प्रकारका सामग्री वैज्ञानिक रूपमा प्रमाणित नभए‌को हुँदा त्यसको प्रयोगले जनस्वास्थ्यमा गम्भीर हानि पुर्‍याउनुका साथै असर हुने गर्दछ। साथै भविष्यमा स्वास्थ्यसम्बन्धी अन्य जटिल समस्या निम्त्याउन पनि सक्छ सचेत रहनु होस्।’

विभागले औषधि सेवन गर्नुअघि चिकित्सकको प्रेस्क्रिप्सन आवश्यक हुने उल्लेख गर्दै ती औषधिमा वैज्ञानिक आधार र गुणस्तर परीक्षण नभएको जनाइएको छ। विभागका अनुसार यस्ता औषधि सेवन गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सूचनामा उल्लेख छ।

यस्तै विभागले बीफ्यूजल-एल, कायाप्लस, बूजी लगायतका नक्कली औषधि समेत अनुगमनको समयमा बजारमा भेटिएको हुँदा यस्ता औषधि प्रयोग नगर्न सचेत गराएको छ।

विभागले निरीक्षणको क्रममा फेला पारेका नक्कली औषधि

पौरुष हेल्थ जीवन
पौरुष जीवन
डिफ्यूजल –एल
कायाप्लस
१०० हर्स पावर
३० मिनेट स्टप
डायबेटिक कन्ट्रोल
जिमनेमा सिलभेस्ट्रे क्याप्सुल
बूजी थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP