अरुण नदीमा जीप खस्यो, एकै परिवारका तीन जनासहित ६ बेपत्ता

विराटनगर

खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको जीप गएराति अक्करको भीरबाट अरुण नदीमा खस्दा एकै परिवारका तीन जनासहित ६ जना बेपत्ता भएका छन् ।

खाँदबारी नगरपालिका ९ का संगम श्रेष्ठको ३ बर्षिय छोरा बिरामी भएर उपचारका लागि धरान ल्याउने क्रममा जिल्लाको धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट चिप अरुण नदीमा खसी वेपता भएको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ट्राफिक प्रहरी निरिक्षक राजेश राईका अनुसार को १ ज ३७४९ नम्बरको बोलेर जीप सीधै अरुण नदीमा खसेर बेपत्ता भएको हो ।

बेपता हुनेमा जिपमा सवार एकै परिवारका संगम श्रेष्ठ उनकी श्रीमती र ३ बर्षिय छोरा रहेको ट्राफिक प्रहरी निरिक्षक राईले बताए ।

त्यसैगरी चालक सन्तोष विक बेपता भएका छन अन्य बाँकी दुई जनाको परिचय खुल्न नसकेको ट्राफिक प्रहरी निरिक्षक राईले जनाएको छ ।

जीप अरुणमा खसेपछि खाँदबारीबाट तत्कालै प्रहरीको टोली परिचालित भएको थियो ।

तर केही दिनदेखिको वर्षाले उर्लिएको अरुणमा जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको बताइएको छ । बेपता हुनेहरुको खोजी कार्यमा बिहानैबाट प्रहरी जुटेको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP