Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कृष्णनगरमा बिरामीकाे लागि नि:शुल्क बस सेवा

कृष्णनगर, १ भदाैँ ।

कृष्णनगर नगरपालिकाले आम नागरिकको सहज आवागमन र उपचारमा सुविधा पुर्‍याउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ।

कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहको पहल र देबदह मेडिकल कलेज, रुपन्देहीको सहकार्यमा नि:शुल्क बस सेवा भाद्र ३ गते (मंगलवार) बाट सुरू हुने बताइएकाे छ ।

यस सेवा अन्तर्गत हरेक मंगलवार बिहान ७:३० बजे शिवराज अस्पताल, बहादुरगञ्ज–कपिलवस्तुबाट बस छुट्ने र देबदह मेडिकल कलेजसम्म निःशुल्क आवागमन गरिनेछ । यसबाट बिरामी तथा साथसाथै उनीहरूको परिवारजनलाई उपचारका लागि सहज हुने नगरप्रमुख शाहले बताए ।

नगरपालिकाले यो सेवा नियमितरूपमा निरन्तरता दिने तयारी गरेको र यसले कृष्णनगर क्षेत्रका नागरिकलाई ठूलो राहत हुने विश्वास लिइएको छ ।

नगरपालिका र देवदाह विच भएको समझदारीमा बिरामीले स्वास्थ्य विमा मर्फत उपचार गराउन सक्ने तथा शिवराज अस्पतालको ओपिडी टिकट मर्फत चेकचाँजमा १५ देखि २० प्रतिशत सम्मा छुट पनि पाउनेछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP