Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

बालेनविरुद्ध कवाड व्यवसायी आज पनि सडकमा, गुण्डागर्दी गरेको आरोप

काठमाडौँ : कवाड व्यवसायीले काठमाडौँ महानगरपालिकाविरुद्ध आज पनि विरोध प्रदर्शन गरेका छन्।

कवाड व्यवसायी सङ्घर्ष समिति नेपालको आह्वानमा कवाड व्यवसायीहरूले बिहीवार पनि विरोध जनाएका हुन्। भृकुटीमण्डपमा भेला भएका व्यवसायीहरू जुलुससहित कमलादीस्थित काठमाडौँ महानगरपालिका कार्यालय घेराउमा गएका हुन्।

उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कवाड व्यवसायीमाथि गुण्डागर्दी गरेका आरोप लगाउँदै मेयर साहविरुद्धको प्रदर्शन लेखिएको व्यानर बोकेर भृकुटीमण्डपमादेखि कमलादीसम्म र्‍याली गरेका छन्।

महानगरले दुई वर्षदेखि कवाड व्यवसायी र सङ्कलक मजदुरमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको उनीहरूको आरोप छ। उनीहरूले महानगरद्वारा गरिएको कुटपिट, सामान जफत र संरचना भत्काउने कार्य तत्काल बन्द गर्न माग गरेका छन्।

मजदुरहरूले ‘कवाड व्यवसायीको श्रमको सम्मान गर’, ‘अन्यायपूर्ण कार्य तुरुन्त बन्द गर’, ‘अदालतको निर्णयलाई सम्मान गर’, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर विरोध गरेका थिए । व्यवसायीहरूले सोमबार पनि महानगरको कार्यलय घेराउ गरेका थिए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP