
काठमाडौं: एक हप्ता भन्दा बढी समयदेखि वीरगन्जमा फैलिएको हैजाको स्रोत अझै पत्ता लागेको छैन। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत तथा पानीजन्य संक्रमणका फोकल पर्सन जैमद ठाकुरका अनुसार अझै पनि हैजाको स्रोत पत्ता नलागेको बताए।
तर यस बीचमा झाडापखला लागेर अस्पताल पुगेका बिरामीहरूबाट संकलन गरेर परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएर गरिएको २० वटा नमुना परीक्षणमा सबैमा हैजा पुष्टि भएको छ।
पानीजन्य संक्रमणका फोकल ठाकुरले भने, ‘हाल सम्म हैजा महामारी के कारणले फैलियो भनेर स्रोत पत्ता लगाउन सकिएको छैन तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएर परीक्षण गरिएको २२ वटा नमूना मध्ये २० वटामा हैजा संक्रमण पुष्टि भएको छ।’
गम्भीर खालका झाडापखलाका बिरामी ६७६ जना, १५२ मा हैजा पुष्टि
एक हप्ता भन्दा बढी समय देखि वीरगन्जमा फैलिएको हैजाबाट संक्रमित हुनेको संख्या एक सय ५२ जना पुगेको छ। यस्तै गम्भीर प्रकारका झाडापखला लागेर अस्पताल भर्ना हुने बिरामीको संख्या ६ सय ७६ जना पुगेको छ। जस मध्ये ३२ जना बिरामीको आइसीयु र ७ जनाको एचडियुममा उपचार भइरहेको छ भने एक ८९ जनाको जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ। ४ सय ४७ जना उपचार पश्चात डिस्चार्ज भइसकेका छन्।
यस्तै आरडिटी परीक्षणमा हैजा पुष्टि भएका एक सय ५२ जना मध्ये ७८ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन भने ७४ संक्रमित मध्ये २० जना को नेशनल मेडिकल कलेज, ४६ जनाको तराइ अस्पताल,४९ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ। भने अन्य संक्रमितको जिल्लामा रहेका अन्य अस्पतालहरूमा उपचार भइरहेको छ।
उस्तै खालका लक्षणहरू देखिने हुँदा धेरै मानिस हैजा र झाडापखालाबाट झुक्किने गरेको पाइन्छ। तर हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि मानिसहरूलाई निरन्तर दिसा लाग्छ।
दिसाबाट चामलको चौलानीजस्तो तरल पदार्थ मानिसको शरीरबाट निरन्तर बगिरहन्छ। त्यसो हुँदा बिरामीको शरीरलाई आवश्यक तत्त्व पनि शरीरबाट बाहिरिन्छन्। शरीरलाई आवश्यक पर्ने तत्व न्यून हुँदै जान्छ।
पटकपटक बान्ता आउने, पेट वा खुट्टाका मांसपेशी बाउँडिने जस्ता समस्या अधिकांश बिरामीमा देखिने उनले उनको भनाइ छ। तरल पदार्थ धेरै खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा लाग्ने उनले बताए। बिरामी धेरै थाक्ने र धेरै खटपट हुने उनको भनाइ छ।
केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ। अधिक कमजोरीका कारण केही मानिसहरू बेहोस नै हुनसक्ने चिकित्सकहरूले बताउने गरेका छन्।
स्वास्थ्यमा देखिने जटिलताको हिसाबले पानीजन्य संक्रमणबाट हुने हैजा संक्रमणको एउटै केशलाई पनि जनस्वास्थ्यको हिसाबले महामारी सरह मानिन्छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया