Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

बाणगंगा मिनिरल वाटर भित्र किरा भेटियो

कपिलवस्तु १ असोज


कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित बाणगंगा प्रशोधित पिउने पानीको एक लिटर बोत्तल भित्र किरा भेटिएको छ । बाणगंगा नगरपालिका को चार नम्बर चोकमा विक्रीका लागि राखिएको एक पसलबाट २०१९ मे मा उत्पादन गरि शिलबन्दी भएको उक्त प्रशोधित पानी भित्र किरा भेटिएको हो । मंगलबार बुटवलमा उपचार गराउन गएका कृष्णनगर नगरपालिका ५ का सुनिल उपाध्यायले चार नम्बर चोकबाट किनेका ३ बोत्तल पानी मध्ये एउटामा किरा भेटेका थिए । लगत्तै उनले उक्त किराको बोत्तल लिएर शिवराज अनलार्ईनको कार्यालय बहादुरगंजमा आई पानी उद्योगले गरेको लापरवाही बारे समाचार प्रकाशन गर्न आग्रह गरेका थिए ।

आफुलाई जिल्लाकै उच्च प्रविधिबाट पानी प्रशोधन गरि स्वस्थ्य तथा स्वच्छ पानी वितरणको दाबी गर्ने बाणगंगा फुड एण्ड वेभरेज प्रालि लाई खाद्य सुरक्षा ऐन तथा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गर्न उपभोक्ता उपाध्यायले माग गरेका छन् । स्वास्थ्य संग खेलवाड गर्ने अधिकार कसै संग नरहेको बताउदै चरम लापरवाही गर्ने पानी उद्योगलाई हदै सम्मको कारवाहीको माग उपभोक्ताले गरेका छन् । ईलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुले उपभोक्ताले प्रमाण सहित उजुरी दिएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मार्फत आवश्यक कारवाही अघि बढाउन सकिने जनाएको छ । ईलाका प्रशासन कार्यालयका प्रमुख अमरराज शर्माले लिखित उजुरी आए कारवाही गरिने बताउनुभयो । शिलबन्दी उक्त बोत्तल शिवराज अनलाईनको पत्रिकामा सुरक्षित रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP