Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेहरूको रातभर मेजर सर्जरी, धेरैलाई छाती र टाउकोमा चोट

काठमाडौं : काठमाडौँ सोमबार ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा घाइते भएकाहरूको राष्ट्रिय ट्रमा सेन्टरमा रातभर शल्यक्रिया गरिएको छ।

मंगलबार बानेश्वरमा प्रदर्शनको क्रममा गम्भीर घाइते भएका धेरैको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ। यसरी गम्भीर घाइते भएका १३ जनाको रातभर ट्रमा सेन्टरमा शल्यक्रिया गरिएको छ।

यसमध्ये आठजनाको मेजर सर्जरी गरिएको ट्रमा सेन्टरमा मेडिकल सुपरिडेन्टेन्ड डा. बद्री रिजालले बताए। डा रिजालले भने, ‘गम्भीर घाइते भएका १३ जनाको हाम्रो टिमले रातभर सर्जरी गरेको छ, जसमा आठजनाको मेजर सर्जरी भएको छ यस मध्ये धेरैलाई छाती, गोडा, टाउकोको सर्जरी गर्नु परेको छ।’ हाल अति गम्भीर ६ जनाको आईसीयूमा उपचार भइरहेको डा. रिजालले बताए।

बानेश्वरमा भएको झडपमा पछि सिभिल र एभरेष्ट अस्पतालमा घाइते भरिभराउ भएपछि थप उपचारका लागि ट्रमामा ल्याइएको हो। त्यहाँ ल्याइएका मध्ये आठजनाको मृत्यु भएको थियो।

हाल ३३ जना घाइतेहरुको सेन्टरमा भर्ना गरेर उपचार गरिएको छ। उनीहरूमध्ये धेरैलाई चोटपटकपछि रक्तश्राव भइरहेको र विभिन्न जटिलला देखिएको हुँदा अहिले नै खतरामुक्त भन्न नमिल्ने ट्रमा सेन्टरले जनाएको छ।

यता घाइतेहरूको गम्भीर अवस्थालाई हेरेर वीर अस्पतालमा थप आईसीयू तयारी अवस्थामा यसैबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा गम्भीर घाइतेका लागि नौवटा आईसीयू बेड तयारी अवस्थामा राखिएको छ ।

अहिले ९ बेड आईसीयू तयारी अवस्थामा छ । ट्रमामा केही घाइतेलाई यता वीरको सर्जिकल भवनमा सिफ्ट गर्ने गरी सोमबार देखि नै एउटा वार्ड खाली अवस्थामा राखिएकोबताइएको छ।

सोमबार भएको जेनजीको प्रदर्शनमा काठमाडौँमा १७ र सुनसरीमा दुई गरी १९ जनाको मृत्यु भएको थियो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP