Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

भागेका कैदी तथा थुनुवा फर्कन थाले कारागार

महोत्तरी : गत मङ्गलबार साँझ ‘जेनजी’ आन्दोलनको आडमा महोत्तरी कारागारबाट भागेका कैदी/थुनुवा फर्कन थालेका छन्।

महोत्तरी कारागार प्रशासनले लहलहैमा भागेका कैदी/थुनुवालाई फर्कन अपिल गरेसँगै बुधबार राति तीन जना फर्केका कारागार कार्यालयका निमित्त प्रमुख रवीनचन्द्र ठाकुरले पुष्टि गरे।

‘बुधबार राति तीन जना कारागार आइपुगेका छन्’, ठाकुरले भने, ‘अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको बताएका छन्।’ भागेकामध्ये अधिकांश कैदी/थुनुवा फर्कने ठाकुरलाई विश्वास बढेको छ। आफूले बुधबार कार्यालयबाटै भागेका कैदी/थुनुवालाई फर्कन गरेको अपिलको सकारात्मक प्रभाव परेको उनको ठम्याइ छ।

‘हामीले कैदी/थुनुवालाई तपाईंहरु फर्कनोस्, कुनै सर्त र थप कार्वाही हुँदैन भनेर अपिल गर्‍यौँँ’, ठाकुर भन्नुहुन्छ, ‘त्यो अपिल सुने/पढेपछि उहाँहरुको मन फिरेको छ, तीन जना आइपुग्नुभयो, अन्य केहीले आउँदैछौँ भन्नुभएको छ।’ कारागार कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै भागेका कैदी/थुनुवालाई भागेबापत कुनै सजाय नगरिने जनाउँदै २४ घण्टाभित्र आइपुग्न अपिल गरेको थियो। सो अपिलमै स्वेच्छाले नफर्कनेको हकमा खोजी गरेर भेट्टाइँदा थप सजाय गरिने उल्लेख गरिएको थियो।

यसैगरी, मङ्गलबार साँझ जेनजी आन्दोलनको आडमा कारागार भत्काएर भागेका ५७६ जनामध्ये भारतिर पस्ने क्रममा १० जना भारतीय पुलिसको नियन्त्रण रहेका खबर फैलिएको छ। यसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सीमावर्ती भारतीय सुरक्षाकर्मीसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाइने कारागार प्रमुख ठाकुरको भनाइ छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP