Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

जलेर ध्वस्त भएपछि स्वास्थ्य मन्त्रालय वीर अस्पतालको शरणमा

काठमाठौं: देशकै स्वास्थ्य प्रणालीको व्यवस्थापन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जलेर नष्ट भए पछि यतिखेर काम गर्न सक्ने अवस्थामा छैन। जेनजी आन्दोलनमा पूर्ण रुपमा जलेको ध्वस्त भएपछि स्वास्थ्यका कर्मचारीहरू कसरी काम गर्ने भन्नेमा अन्योलमा छन्।

कोरोना महामारी, ७२ सालको भुकम्पमा पनि स्वास्थ्य मन्त्रालयका कर्मचारीहरू काम गरेका थिए। तर यसपटक भने जेनजी आन्दोलनको क्रममा प्रदशनकारीहरूले रामशाहपथमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन पूर्ण रुपमा जलाएर नष्ट गरेपछि स्वास्थ्य मन्त्रालयले आपतकालीन काम वीर अस्पतालबाट गर्न थालेको छ।

मन्त्रालयका उच्च अधिकारीहरूले भर्चुअल रुपमा अत्यावस्यक काम तथा सरसल्लाह गरिरहेका छन्।

अप्ठ्यारो परिस्थितिमा पनि सक्रिय रहने

मन्त्रालय परिसरमै रहेको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई (एचईओसी) समेत जलेर नष्ट भएपछि यसको लागि वीर अस्पतालको नयाँ भवनमा एउटा कोठा मागेर काम गरिएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले भने, ‘मन्त्रालयमा गएर काम गर्ने वातावरण छैन, एचईओसीको लागि वीर अस्पतालमा एउटा कोठा तयार गरिएको छ अब साथिहरूले त्यहाँ गएर काम गर्नु हुन्छ अन्य काम भने हामीले भर्चुअल रुपमा गरिरहेका छौ।’

आपतकालीन अवस्थामा बढी सक्रिय हुने एचईओसीले अहिले आन्दोलनका घाइते तथा मृतकको तथ्यांक संकलन गर्ने, उपचारका लागि सहजीकरण गर्ने लगायतका कामहरू गर्दै आएको छ। एचईओसीले सुरुका दिन देखि नै आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण लिएर उपचारमा सहजीकरण समेत गर्दै आइरहेको छ।

खासगरी अहिले त मन्त्रालयले गर्ने काम घाइतेहरूको उपचारमा कुनै कमी नहोस भन्ने नै रहेको र सो काम एचईओसीका माध्यमबाट हुँदै आएको सचिव डा देवकोटाले बताए। उपचारका लागि जनशक्ति व्यवस्थापन, औषधी, रगत, आईसीयू लगायतका व्यवस्थापन गर्न निक्कै चुनौती भए पनि त्यसमा कुनै कमी हुन नदिई काम गरिरहेका रहेको सचिव देवकोटाले बताए।

एचईओसीको पछिल्लो जानकारी अनुसार अहिलेसम्म देशका ३१ वटा अस्पतालमा १ हजार ३ सय ६८ जना घाइतेको उपचारका लागि लगिएको छ। त्यसमध्ये ९४९ जना डिस्चार्ज भएका छन् । ३२१ जनालाई भर्ना गरेर उपचार भइरहेको छ। एचईओसीले आन्दोलनका क्रममा ३४ जनाको मृत्यु भएको उल्लेख गरेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP