Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सामान्य बन्दै रौतहटको जनजीवन

रौतहट : जेन–जी आन्दोलनका क्रममा मंगलबार भएको तोडफोड, आगजनी र हिंसात्मक घटनापछि तनावग्रस्त रौतहटको अवस्था क्रमशः सामान्य बन्दै गएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार दिनको समयमा कर्फ्यु हटाएर बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म निषेधाज्ञा लागू गरेको हो। प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीका अनुसार शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म पुनः कर्फ्यु जारी रहनेछ।

अत्यावश्यक आवतजावतका लागि शुक्रबार बेलुकी ५ बजेदेखि ७ बजेसम्म दुई घण्टाको छुट दिइएको छ।

नेपाली सेना मंगलबार रातिदेखि नै सडकमा खटिएपछि अवस्था शान्त हुन थालेको हो। औषधि पसल र पेट्रोल पम्प निर्बाध सञ्चालन भइरहेका छन् भने शुक्रबारदेखि केही पसल फाट्टफुट्ट खुलेका छन्। चन्द्रपुर–४ का स्थानीय सुभाष न्यौपानेले बजारमा भीडभाड कम भए पनि भयावह अवस्था नरहेको बताए।

पूर्वपश्चिम राजमार्गमा मालवाहक सवारीसाधन चलिरहेका छन् भने चन्द्रनियापुर- गौर सडकखण्डमा ई-रिक्सा तथा अटोहरु चल्न थालेका हुन्।

आन्दोलनका क्रममा चन्द्रनिगाहपुरका धेरैजसो सरकारी संरचनामा क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय समेत जलेर नष्ट भएकाले सो कार्यालय सञ्चालनमा आउन नसकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

यस्तै चन्द्रपुरस्थित चन्द्रपुर नगरपालिका, डिभिजन वन कार्यालय र सडक डिभिजन कार्यालय समेत पूर्णरूपमा जलेर नष्ट भएपछि सेवा प्रभावित बनेको हो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP