Trending
समाज स्वास्थ्यचौकी जीर्ण हुँदा सेवा प्रभावित flash   घर जलेपछि नेताहरू आफन्त कहाँ flash सुडानको मस्जिदमा भएको ड्रोन हमलामा ७८ जनाको मृत्यु समाज अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना समाज बडादशैँ नजिकिएसँगै काठमाडौँबाट बाहिरिने गन्तव्यको हवाई भाडा महँगिएको छ समाज एच-१ बी भिसाबाट अमेरिकामा जानेले अब एक लाख डलर तिर्नुपर्ने समाज समस्या परेमा सोको सहजीकरण गर्न हेल्प डेस्क स्थापना गरेको हो स्वास्थ्य पूर्वाधार पुनर्निर्माणका लागि दातृनिकायले सहयोग गर्ने राजनीति गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागे राजनीति नेपालीबीच सद्भाव र एकता कायम गरौँ : मुख्यमन्त्री कार्की

पोर्चुगलमा आप्रवासीले पाएको आवास अनुमति पत्र खारेज, देश बाहिर जान रोक

काठमाडौँ : पोर्चुगलले आप्रवासीलाई दिएको आवास अनुमति पत्र खारेज गर्दै देश बाहिर जान रोक लगाएको छ। त्यसमा दशैँका लागि घर फर्किन लागेका केही नेपाली समेत परेका छन्।

बुधबार मात्र राजधानी लिस्वनस्थित एयरपोर्टबाट १२ जना आप्रवासीलाई पोर्चुगलको आवास अनुमति पत्र लिएर देश बाहिर जान रोक लगाइएको थियो। यसमा केही नेपाली पनि छन्। उनीहरुलाई अध्यागमन अधिकारीहरूले अनधिकृत रूपमा पोर्चुगल प्रवेश गरेर आवास अनुमतिपत्र लिएको आरोप लगाएका छन्।

सेङ्गेन क्षेत्रमा पर्ने देशको भिसा नभई पोर्चुगल प्रवेश गरी त्यहाँको आवास अनुमतिपत्र लिएकाहरू यो प्रावधानको निशानामा परेका हुन्। एनआरएनए पोर्चुगलकी अध्यक्ष दीपा काफ्लेले पनि यस्तै समस्यामा परेका एकनेपाली सम्पर्कमा आएको बताएकी छिन्। काफ्लेका अनुसार सम्पर्कमा आएका ती व्यक्ति २०२२ मा युकेबाट पोर्चुगल प्रवेश गरी त्यहाँको अनुमतिपत्र लिएका थिए। तर, उनीसँग पोर्चुगलको भिसा नभएपछि रोकिएको हो।

त्यहाँ प्रायः आप्रवासी अवैध तरिकाले प्रवेश गर्ने गर्छन्। १२ वर्षयता जुनसुकै बाटोबाट आए पनि त्यहाँको सरकारी करमा सामेल भएका श्रमिकलाई एक वर्षपछि अस्थायी आवास अनुमतिपत्र दिने कानून थियो। तर, डेढ वर्षअघि खारेज भएको यो कानूनी आधारमा नै धेरै आप्रवासी अन्य देशबाट भाग्दै र लुक्दै पोर्चुगल आएर आवास अनुमतिपत्र लिएका थिए। अहिले त्यसरी यहाँ प्रवेश गरेर अनुमतिपत्र लिएकाहरुको हकमा समस्या उत्पन्न भएको हो।

अनौपचारिक तथ्याङ्क अनुसार पोर्चुगलमा ७० हजारभन्दा बढी नेपाली छन्। त्यसमध्ये यसरी अवैध तरिकाले बसोबास गर्नेको संख्या पनि धेरै छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP