Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

पूर्वाधार पुनर्निर्माणका लागि दातृनिकायले सहयोग गर्ने

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको रामशाहपथस्थित संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन र अन्य पूर्वाधार पुनर्निर्माणका लागि दातृनिकायले सहयोग गर्ने भएका छन्।

हालसम्म रामशाहपथमा रहेको संघीय स्वास्थ्य मन्त्रालयको भवनसँगै मन्त्रालय परिसरमै रहेको स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइ (एचईओसी) पनि जलेर ध्वस्त भएको छ। यसले गर्दा मन्त्रालयको दैनिक कामकाज खलबलिएको छ।

आफ्नो भवनसँगै सम्पूर्ण सामान जलेर ध्वस्त भएपछि यतिखेर स्वास्थ्य मन्त्रालय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को शरणमा पुगेको छ। परिषद्ले हालै निर्माण गरेको नयाँ भवन र पुरानो भवनको केही कोठाबाट मन्त्रालयले अस्थायी रूपमा काम थालेको छ।

जलेर ध्वस्त भएको स्वास्थ्य मन्त्रालयको भौतिक संरचना र अन्य केही प्राविधिक सहयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चासो देखाएको मन्त्रालयले बताएको छ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार हालै मात्रै मन्त्रालयको जलेर नष्ट भएका संरचना र कागजात अन्य सामग्रीको मुचुल्का उठाइएको हुँदा अब बल्ल के कस्ता सामान थिए अब के आवश्यक पर्छ भनेर सोही अनुसार दातृनिकायसँग सहयोग मागिने बताए। ‘भर्खरै जलेर नष्ट भएको भौतिक संरचना र अन्य सामग्रीको मुचुल्का भयो,अब भविष्यमा कसरी जाने भन्ने हुन्छ त्यसको लागि दातृनिकायले पनि सहयोग गर्न इच्छा देखाउनु भएको छ। कोसँग कस्तो सहयोग लिने र कसरी जाने भन्ने विषय केही समयपछि निर्णय हुन्छ’‚ स्वास्थ्य सचिव डा. देवकोटाले भने।

नेपालको स्वास्थ्य क्षेत्र तथा स्वास्थ्य मन्त्रालयको प्रमुख प्राविधिक सल्लाहकार तथा सहयोगी रहेको डब्लुएचओले सहयोग गर्ने बताइसकेको छ।

केही दिनअघि डब्लुएचओ नेपालका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डव नेतृत्वको टोलीले जलेर ध्वस्त भएको मन्त्रालय भवन र मन्त्रालय परिसरमै रहेको एचईओसी स्थलगत अवलोकन समेत गरिसकेको छ। त्यस समयमा डब्लुएचओ तत्काल मन्त्रालयलाई गर्नुपर्ने सहयोगको विषयमा समेत छलफल गरेको थियो।

यति मात्रै होइन यसअघि डब्लुएचओले जेनजी आन्दोलनमा घाइतेको उपचार गर्ने तत्कालै सिभिल सर्भिस अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई ३५ वटा ट्रमा ब्याग उपलब्ध गराएको थियो।

स्मरण रहोस् कोरोना महामारीको समयमा आपत्‌कालीन रूपमा देशभरका स्वास्थ्य संस्थाहरूसँग समन्वय गरेर काम गर्न मिल्ने खालको अत्याधुनिक डिजिटल सिस्टम सहितको विश्व स्वास्थ्य संगठनको सहयोगमा मन्त्रालयकै परिसरमा स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइ (एचईओसी)को छुट्टै भवन बनाइएको थियो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP