पर्वत : जिल्ला प्रशासन कार्यालय पर्वतले बिहानको समयमा प्रदान गर्दै राष्ट्रिय परिचय पत्र विवरण सङ्कलनको काम अब कार्यालय समयभित्र मात्रै गर्ने भएको छ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेद्बारा जारी सूचनामा हाल सेवाग्राहीहरूको उपस्थिति न्यून भएकोले तत्कालका लागि कार्यालय समय अर्थात् बिहान १० बजेबाट मात्रै परिचय पत्रका लागि विवरण सङ्कलनको गरिएको हो।
राष्ट्रिय परिचय पत्र विवरण दर्ता सम्बन्धी सेवालाई थप व्यवस्थित र प्रभवकारी बनाउन गत भदौ १७ गतेबाट बिहानको समयमा पनि काम गर्ने गरिएको थियो। कार्यालय खुलेको दिनमा कार्यालय समयका अतिरिक्त प्रत्येक दिन बिहान साढे सात बजेदेखि नै परिचय पत्रको लागि विवरण सङ्कलन हुने गरेको थियो।
यति बेला कार्यालयमा विवरण दर्ताका लागि आउने सेवाग्राहीको संख्या घटेर दिवा सत्रमा पनि सहजै सेवा दिन सकिने भएपछि बुधबारदेखि कार्यालय समयमा मात्रै सेवा प्रवाह गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
दिउँसो कार्यालय खुलेको समयमा सेवाग्राहीहरूको चाप निकै बढ्दा सेवाग्राहीहरूले लामो समय पर्खिनुपरेको, सेवाग्राहीको भिड बढेको तथा कर्मचारीहरूलाई पनि कामको दबाब बढेपछि मङ्गलबारदेखि बिहान साढे सात बजेदेखि नै सेवा दिन सुरु गरिएको थियो।
शिक्षक, जागिरमा व्यस्त हुने अन्य व्यक्तिहरू, दिउँसोको समयमा काम गर्नेहरू लगायत दिउँसो काममा व्यस्त हुनेहरूले बिहानको समयलाई उपयोग गरेर विवरण भर्दा भीड विकेन्द्रित हुने र सबैले सेवा लिन सहज हुने गरी बिहानको समयमा विवरण दर्ताको काम गरिएको प्रमुख जिल्ला अधिकारीले घिमिरेको भनाइ छ। सामाजिक सुरक्षा भत्ता बुझ्नेदेखि राहदानी निकाल्नुपर्ने लगायतका व्यक्तिहरूले राष्ट्रिय परिचय पत्रमा राख्नुपर्ने विवरणहरू भर्नका लागि दैनिक जसो कार्यालयमा भिडभाड हुने गरेको छ।
जिल्लाका ग्रामीण भेगबाट सबारीमा आएर विवरण भर्न खोज्दा पनि पालो नआउने समस्या भइरहेको थियो। कार्यालयको आइतबारको तथ्याङ्क मात्रै हेर्ने हो भने ५१ जना महिला र १९ जना पुरुष गरी ७० जनाले आफ्नो विवरण भरेका छन्। जबकी राष्ट्रिय परिचय पत्र ११ जनालाई मात्रै वितरण भएको छ। जुन विवरण भरेकाहरूको १५ प्रतिशत मात्रै हो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया