Trending
समाज स्वास्थ्यचौकी जीर्ण हुँदा सेवा प्रभावित flash   घर जलेपछि नेताहरू आफन्त कहाँ flash सुडानको मस्जिदमा भएको ड्रोन हमलामा ७८ जनाको मृत्यु समाज अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना समाज बडादशैँ नजिकिएसँगै काठमाडौँबाट बाहिरिने गन्तव्यको हवाई भाडा महँगिएको छ समाज एच-१ बी भिसाबाट अमेरिकामा जानेले अब एक लाख डलर तिर्नुपर्ने समाज समस्या परेमा सोको सहजीकरण गर्न हेल्प डेस्क स्थापना गरेको हो स्वास्थ्य पूर्वाधार पुनर्निर्माणका लागि दातृनिकायले सहयोग गर्ने राजनीति गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागे राजनीति नेपालीबीच सद्भाव र एकता कायम गरौँ : मुख्यमन्त्री कार्की

फागुन २१ का लागि तय भएको चुनाव सफल बनाउन प्रधानमन्त्री कार्कीको अपिल

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको चुनाव सफल बनाउन अपिल गर्नुभएको छ । संविधान दिवसको अवसरमा आज काठमाण्डौको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार नागरिकप्रति पूर्ण जवाफदेही रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले निस्पक्षरूपमा चुनाव सम्पन्न गरी ६ महिनाभित्र जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने उल्लेख गर्नुभयो । जेन–जी युवाको नेतृत्वमा भएको आन्दोलनको मार्गदर्शन अनुसार काम गर्न यो सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ सालको अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री कार्की, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो । पूर्वप्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत संविधान दिवसको मूल समारोहमा सहभागी हुनुभएन ।

विभिन्न दलले आफ्नै पार्टी कार्यालयमा संविधानको रक्षाका लागि खबरदारी गर्दै संविधान दिवस मनाएका छन् । सैनिक मञ्च टुँडिखेलको कार्यक्रममा यसपाली विगतमा जस्तो साँस्कृतिक झाँकीलगायत कार्यक्रम भएनन् । संविधानसभाबाट नेपालको संविधान २०७२ साल असोज ३ गते घोषणा भएको थियो । वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP