
पाल्पा : जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र पंजियार थारूले शान्ति कायम गर्ने काममा पाल्पा प्रहरी सक्रिय रहेको बताए।
केही दिन अघि पाल्पा प्रहरीको जिम्मेवारी बहन गर्न आएका उनले मंगलबार पत्रकारसँगको भेटघाट कार्यक्रममा जेनजी आन्दोलनको नाममा उदण्ड गर्ने जो कोहीलाई कारबाही गरिने बताए।
तर गत भदौमा भएको जेनजी आन्दोलनबाट पाल्पामा कुनै क्षति भएन। शान्तिपूर्ण आन्दोलन भएको उनले बताए। जेनजी आन्दोलनमा पाल्पामा कुनै प्रकारको क्षति भएको थिएन। असली जेनजी भन्दा पनि नक्कली जेनजीले समाजमा अराजकता उत्पन्न गर्न खोजेको देखिन्छ।
गलत गतिविधि गर्नेलाई कानुन बमोजिम कारबाही हुनेछ।
मादक पदार्थ सेवन गरेर आफूलाई जेनजी भन्दै सामाजिक अपराध गर्न खोजेका केही युवालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको उनले सुनाए। यस्ता गतिविधि गर्ने व्यक्तिको बारेमा प्रहरीलाई जानकारी गराउन समेत एसपी थारूले आग्रह गरे।
पाल्पामा शान्ति कायम गर्नका लागि विशेष योजना बनाएर अगाडि बढेको एसपी पंजियारले बताए। ´म अहिले पर्ख र हेरको अवस्थामा रहेको छु।उनले भने ´विभिन्न पक्षसँग सल्लाह सुझाव लिने काम भइरहेको छ। आगामी दिनमा पनि जिल्लामा शान्ति कायम राख्ने प्रयासमा छु। आपराधिक गतिविधि नियन्त्रण गर्न सबैको भूमिका रहन्छ। प्रहरीलाई सहयोग गर्न एसपी थारूले ?सबैसँग अनुरोध गरे।
जेनजी आन्दोलनलाई ख्याल गरेर सुरक्षा व्यवस्था कडा बनाएका छौं। प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको उनले बताए।
चाडपर्व आउँदै छन्। चोरी डकैतीका घटना बढ्न सक्छन्। सबै सचेत रहनुपर्छ। कुनै पनि घटना न्यूनीकरण गर्न प्रहरीले जतिबेला पनि चेक जाँच गर्न सक्छ। आम नागरिकको हितमा गरिएको काम भएको हुँदा असुविधा भयो भनेर गुनासो नगर्न उनले सर्वसाधारणलाई आग्रह गरे। जिल्लाको ट्राफिक व्यवस्थालाई पनि चुस्त दुरुस्त बनाउने बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया