Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

प्रधानाध्यापक कि प्रपञ्चाध्यापक ? कानुनको मास्टर बन्ने नाटक गर्दै प्रअ भण्डारी

कपिलवस्तु, १० असाेज ।

टेक बहादुर भण्डारी एक प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । उनी पाल्पाकाे तिनाउ गाउँपालिका-५  घघुँराछापमा अवस्थित अमर प्राथमिक (आधारभूत) विद्याललयका प्रधानाध्यापक हुन् । उनकाे विद्यालयमा जम्मा ८ जना विद्यार्थी मात्र अध्ययनरत रहेका छन् ।

प्रअ भण्डारीसहित ३ जना शिक्षकहरुले अध्यायपन गराई रहेका छन् । यस विद्यालयमा कक्षा ३ सम्म सञ्चालन हुँदै आएको छ । उनले प्रअकाे जिम्मेवारीलाई बेवास्ता गर्दै विजयनगर गाउँपालिकामा धाउँदै आएका छन् । उनी कपिलवस्तुकाे विजयनगर गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

उनी प्रायः अहिले गाउँपालिकाकाे विभिन्न चाेक र नास्ता पसलमा भेटिन्छन् । उनले जनप्रतिनिधि र कर्मचारीहरुलाई भ्रष्ट भएको भन्दै कुरा काट्दै हिडेकाे पाइएको छ । जहिल्यै पनि विजयनगरमा उनी भेटिन्छन्, कहाँ पढाउँछन् ? कसरी उनले पढाउने समय मिलाएकाे छ ? भन्दै स्थानीय प्रश्न गर्न सुरु गरेका छन् ।

शिक्षकले अपनाउनुपर्ने आचारसंहितालाई उलङ्घन गर्दै राजनैतिक विषयवस्तुमा उनी व्यस्त छन् । उनले पढाउने विद्यालय विकट भएकाे भन्दै घर पायक विजयनगर गाउँपालिकामा सरुवाका लागि प्रयासरत रहे । नियम, कानुनी र प्रक्रिया लगायत विविध कारण बस गाउँपालिकामा उनको सरुवा भएन ।

स्राेतका अनुसार वडा अध्यक्ष, शिक्षा शाखा प्रमुखलाई सरुवाका लागि आवश्यक (घुस) पैसासमेत दिन तयार भएको तर मानेन भन्दै गाउँपालिकाकाे विभिन्न चाेक चाैराहामा भण्डारीले आफै कुुरा गर्दै हिडेका छन् । उनी गाउँपालिकाकाे वडा नम्बर ६ मा रहेकाे मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालय बद्धाैरमा भएको दरबन्दीमा सरुवा भई आउने प्रयासमा थिए ।

उनकाे सरुवा नभएपछि उनी लामाे समयदेखि गाउँपालिकाकाे विभिन्न काममा, जनप्रतिनिधि र कर्मचारीकाे विषयमा विरोध, बदनाम र टिकाटिप्पणी गर्दै

आएका छन् । उनले भ्रष्टाचार माैलाएकाे भन्दै आफ्नो फेसबुक सामाजिक सञ्जालमा जनप्रतिनिधि र कर्मचारीलाई निराधार आराेप लगाउँदै असन्तुष्ट व्यक्त गर्दै आएका हुन् ।

आम नागरिकलाई ‘वाक स्वतन्त्रता’ भएको भन्दै विराेध गर्नु मेराे अधिकार भएको उनको भनाइ छ । उनी आफू कानुनको विद्यार्थी समेत भएको बताउँदै सबै कानुनी प्रक्रिया मलाई थाहा भएको हुँदा कसैले बाेल्नबाट राेक्न नसक्ने र अरुलाई सिकाउन आवश्यक नभएको बताउँछन् ।

यता विजयनगर गाउँपालिकाका एक कर्मचारीले प्रअ भण्डारीले गाउँपालिकालाई नै टार्गेट गरि विभिन्न स्टाटस लेख्दै आएकाे बताउँदै शिक्षकमा हुनुपर्ने गुण नभएको बताए । उनले आफ्नो कर्तव्य निर्वाह गरि शिक्षा पेसालाई प्रभावकारी र गुणस्तरीय बनाउनुकाे सट्टा राजनीतिक थलाे बनाउने कार्यमा सक्रिय भएको आराेेप लगाए । 

यता अमर प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र घर्ती मगरले प्रअ टेक बहादुर भण्डारीले नियमित विद्यालयमा उपस्थित भएको दावी गरेका छन् । बाहिर जाँदा भण्डारीले जानकारी गराएरैे जाने गरेकाे उनको भनाइ छ ।

विजयनगर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका अनुसार पालिकामा उनको सरुवा नभएकै कारण उनले आक्राेश पाेख्दै बदनाम गराउँदै हिडेकाे बताउँछ्न् । कर्मचारीसँग विवाद, कानुन जानेकाे नाटक गर्दै सामाजिक सञ्जालमार्फत प्रहार गरिरहेकाे बताउँछन् ।

अरुलाई संविधान र कानूनको पाठ पढाउने गरेका प्र.अ. भण्डारी स्वयं भने शिक्षा नियमावली, २०५९ को नियम १३३ अन्तर्गतको शिक्षकले पालना गर्नुपर्ने आचारसंहिताको धज्जी उडाउने गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP