Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

चीनले भारतसँगको भेटमा कश्मीर विवाद नउठाउने

भारतसँगको शिखर वार्तामा चीनले भारतसँग कश्मीर विवाद नउठाउने बताएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी महिना भारत भ्रमण गर्ने कार्यक्रम छ।

भारतले जम्मु कश्मीरमा धारा ३७० खारेज गरेपछि भारत–पाकिस्तानबीच विवाद बढेको छ। ५ अगस्तमा भारतले चालेको कदमले पाकिस्तानले विभिन्न मञ्चमार्फत यो विषय उठाउँदै आएको छ। पाकिस्तानले संयुक्त राष्ट्रसंघमा पनि यो विषय उठाए पनि सफल हुन सकेन।

यसै विषयलाई लिएर चीनले सी–मोदीबीच हुने भेटमा कश्मीरलाई मुद्दा नबनाउने स्पष्ट पारेको हो। पाकिस्तानले भारतसँगको कूटनीतिक स्तर घटाएको छ। मोदी र सीको चाहनाअनुसारका विषयमा छलफल हुने चिनियाँ विदेश मन्त्रालयकी ह्वा चुनयिङले बताइन्। उनले यो अनौपचारिक शिखर वार्ता र दुई नेताको बैठक भएको बताइन्। ह्वाले भनिन्, ‘मेरो विचारमा कश्मीर जस्ता मुद्दा सामेल गरिनेछैनन्।’ दुवै नेताले आफूले चाहेका विषयमा छलफल गर्ने जानकारी दिइन्। उनले भनिन्, ‘हामीले कश्मीरलाई भारत–पाकिस्तानबीचको समस्याका रूपमा लिएका छौं।

कश्मीर विवादलाई लिएर संयुक्त राष्ट्रसंघका केही प्रस्ताव छन्। हामीलाई लाग्छ, यसैले यो विवाद राष्ट्रसंघीय बडापत्र र प्रस्तावअनुरूप भारत र पाकिस्तानबीच मैत्रीपूर्ण एवं शान्तिपूर्ण तरिकाले हल गरिनेछ।’ राष्ट्रपति सीले आगामी महिना भारत भ्रमण गर्दै छन्। सी र मोदीको भेट हुने स्थान र समयबारे उनले विस्तृत जानकारी दिइनन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP