Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

अपराधीहरूलाई पर्याप्त प्रमाण रहँदारहँदै पनि कानूनी कारबाही नगर्न लिखित निर्देशन

काठमाडौँ : नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले गृहमन्त्री अर्याल व्यक्तिका घर, व्यावसायिक भवन तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका प्रायोजित उत्प्रेरक रहेको दाबी गरेका छन्। ​बर्तौलाले अर्याल सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत , अख्तियार भवन र प्रहरी चौकीलगायतमा आगो लगाएर ध्वस्त बनाउन राष्ट्रविरुद्ध परिचालित र निर्देशित मतियार भएको पनि दाबी गरेका छन्।

‘प्रहरीबाट लुटिएका हतियारहरू कहाँ र को सँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्री लाई शतप्रतिशत रहेको हुनुपर्दछ। किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरू सहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलन भित्र सुनियोजित घुसपैठ गरी शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेक होल्डर हुन्’, उनले लेखेका छन्, ‘हाम्रो इतिहास , सम्पदा र दस्ताबेजहरु छानी छानी नष्ट गर्ने, व्यक्तिका घरहरू, व्यावसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन्।’

शान्तिपूर्ण आन्दोलन भित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरीकनै गृहमन्त्री पद सजिलै पाएको बर्तोलाको दाबी छ।त्यसैकारण फौजदारी अपराध प्रकरणहरूमा संलग्न दोषी र अपराधीहरूलाई पर्याप्त प्रमाण रहँदारहँदै पनि कानूनी कारबाही नगर्न लिखित निर्देशन दिएको उनको भनाइ छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP