Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

पीएसजी र स्ट्रासबर्गबीच ३-३ को बराबरी

युरोपियन च्याम्पियन पेरिस सेन्ट-जर्मेन पीएसजीले फ्रेन्च लिग वान फुटबलमा स्ट्रासबर्गसँग ३-३ गोलको रोमाञ्चक बराबरी खेलेको छ। तर यो बराबरीपछि पनि पीएसजीले शीर्ष स्थानमा १ अंकको अग्रता कायम राखेको छ ।

पार्क डे प्रिन्सेसमा गएराति भएको खेलमा छैटौं मिनेटमै स्ट्रासबर्गले अग्रता लिएको थियो । ब्राड्ली बारकोलाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर, २४औँ मिनेटमा स्ट्रासबर्गका जोआकिन पानीचेलीले बराबरी गोल फर्काए। ४१औँ मिनेटमा डिएगो मोरेइराले गोल गर्दै स्ट्रासबर्गलाई २–१ को अग्रता दिलाए।

दोस्रो हाफको शुरुआतमा पानिचेलीले मोरेइराको पासमा दोश्रो गोल गर्दै स्ट्रासबर्गको अग्रता ३–१ पुर्‍याए । ५८ औं मिनेटमा गोनकालो रामोसले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने प्रयास गरे। ७९ औं मिनेटमा सेनी मेयुलुले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए । यससँगै ८ खेलबाट १७ अंकसहित पीएसजी शीर्ष स्थानमा कायम छ। सुरुवाती अग्रता जोगाउन नसकेर बराबरीमा सीमित भएको स्ट्रासबर्ग समान खेलबाट १६ अंकसहित दोस्रो स्थानमा छ । थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP