Trending
समाज वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा समाज एक विदेशी आरोहीको उद्धार, दुई जनाको खोजीकार्य जारी समाज पाख्रीवासको वृहत् कफी योजना अलपत्र समाज सफल कृषक देउपुरका ‘मौरी बाजे’ र ‘मौरी’को आत्मीयता राजनीति एक हुँदै माओवादी–एकीकृत समाजवादी, २० कात्तिकमा संयुक्त बैठक flash महिला एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिकाबीच फाइनल flash रियाल मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियाविरुद्ध ४–० को सहज जित समाज स्थिति, १७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक समाज मोन्था चक्रवातको प्रभाव कम समाज काठमाडौंमा फोहोर थुप्रियो, कुलमान पुगे बञ्चरेडाँडा

काठमाडौंमा फोहोर थुप्रियो, कुलमान पुगे बञ्चरेडाँडा

काठमाडौं : काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनको गम्भीर संकट निम्तिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गरेका छन्।

उपत्यकाका सडकहरूमा फोहोर थुप्रिएर दुर्गन्धित बन्दै गएको वर्तमान अवस्थामा, मन्त्री घिसिङले यसको दीर्घकालीन समाधान खोज्ने प्रयासस्वरूप स्थानीय प्रशासन, फोहोर व्यवस्थापन सम्बन्धित अधिकारीहरू र स्थानीय प्रतिनिधिहरूसँग छलफल गर्न बञ्चरेडाँडा पुगेका हुन्।

काठमाडौं महानगरपालिका र अन्य स्थानीय तहहरूबाट दैनिक १ हजार २ सय टनभन्दा बढी फोहोर उत्पादन हुन्छ।

पहिले प्रयोग हुँदै आएको सिसडोल ल्याण्डफिल्ड साइटको क्षमता सिमित भएपछि बञ्चरेडाँडा ल्याण्डफिल्डलाई वैकल्पिक स्थलको रूपमा विकास गरिएको थियो।

विगतका वर्षहरूमा यस साइटसँग जोडिएका वातावरणीय प्रदुषण, पानीका मुहानमा असर, स्वास्थ्य जोखिम र सडक अवरोध जस्ता विभिन्न समस्याले गर्दा फोहोर व्यवस्थापन पूर्णरूपमा प्रभावकारी हुन सकेको छैन।

अनुगमनका क्रममा मन्त्री घिसिङले साइटको पूर्वाधार, फोहोर विसर्जन प्रक्रिया तथा वातावरणीय प्रभावबारे विस्तृत जानकारी लिएका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP