
काठमाडौं : हङकङ क्रिकेट सिक्सेस अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। शुक्रबार भएको खेलमा अफगानिस्तानले नेपाललाई १७ रनले पराजित गरेको हो।
अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउदै ९५ रन बनाएको थियो। नेपालका लागि सन्दीप जोराले ५३ रन बनाएका थिए भने रशिद खानले ११ रन बनाए भने आदील आलम पनि ११ रन बनाएका थिए।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाउदै ११२ रन बनाएको थियो। यस खेलमा नेपालका बलर रशिद खानले ह्याट्रिक लिएका थिए।
रशिदले पाँचौं ओभरमा ह्याट्रिक लिएका हुन्। रशिदले यस खेलमा कुल ४ विकेट लिएका थिए। त्यस्तै लोकेश बमले एक विकेट लिएका थिए।
यस खेलमा अफगानिस्तानका करिम जन्नतले सर्बाधिक ३५ रन बनाए भने फरमुल्लाह साफीले ३० र कप्तान गुल्बादीन नैबले २२ रन बनाएका थिए।
अब नेपालले अर्को खेल भोलि बिहान ६ बजे दक्षिण अफ्रीकासँग खेल्ने तालिका छ थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया