Trending
राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर flash प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह flash भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टीभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता समाज काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा स्वास्थ्य ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन खेल दूरपश्चिम रोयल्सविरूद्ध पहिले टस जितेर बलिङ flash होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु flash अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बराबरको सामान बरामद flash अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई झापा प्रहरीले पक्राउ

झापा : जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन्। दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा दमकको इलाका प्रहरी कार्यालय तोडफोड र आगजनीका घटनामा उनीहरू संलग्न भएको आरोप छ। योसँगै इप्रका दमकमा आक्रमण गर्ने चार जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार दुई दिनअघि मात्र इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा पाँचथरको मिक्लाजुङ–५ स्थायी ठेगाना भई हाल दमक–५ मा बस्दै आएका २१ वर्षीय साजन लुहागुनलाई नियन्त्रणमा लिएर आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालिएको छ।

यसैगरी जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई झापा प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। अहिलेसम्म प्रहरीले दमकबाट चार र बिर्तामोडबाट छ गरी १० जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालयमा आक्रमण गर्नेहरूको भिडियो र फोटोको आधारमा पहिचान गर्ने कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ। जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेहरूमाथि ५० भन्दा बढी उजुरी परेको र ती उजुरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP