Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

शिवराज अस्पताल विवाद : चिकित्सकले गलती गरेकै हुन् त ? यस्तो छ घटना

विजयनगर, २४ कार्तिक ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-९ बहादुरगञ्जमा अवस्थित शिवराज अस्पतालमा एक बिरामीकाे उपचारसँगै विवाद चर्किएकाे छ । बिरामीका आफन्तले चिकित्सककाे गलती र चरम लापरबाहीकाे आराेप लगाउँदै गालीगलाैज र धम्कीसमेत दिएका छन् ।

अस्पतालमा औषधी उपलब्ध नभएपछि चिकित्सकले बाहिरी क्लिनिकबाट ल्याउन भनेपछि बिरामीका आफन्तले औषधी भए पनि दिन र उपचार गर्न नखाेजेकाे गैरजिम्मेवार भन्दै अपमानित गरेका हुन् । नागरिकलाई सहज रुपमा सेवा दिँदै आएकाे अस्पताल र बिरामीकाे उपचारमा अहाेरात्र खटिएका चिकित्सक माथि आक्रमण हुन थालेपछि साेमबार अस्पतालले एक विज्ञप्ति जारी गर्दै निराधार आराेप लगाइएको जनाएको छ ।

कृष्णनगर नगरपालिका-५, डबरा बस्ने ८५ वर्षीय चन्द्रावती चौधरीलाई कार्तिक २३ गते शिवराज अस्पतालमा भर्ना गरियो । उनलाई अन्य अस्पतालबाट उपचार समेत भइरहेको थियो । उनको स्वास्थ्य अवस्था अलि गम्भीर देखियाे । तत्कालै नजिकै रहेकाे शिवराज अस्पतालमा उनलाई ल्याइयो । बिरामीलाई आफन्तले बिहान साढे १० बजे उपचारका लागि अस्पतालमा भर्ना गरे ।

अवस्था जटिल देखिएपछि उनलाई आपतकालीन विभागमा राखियाे । उपचारका क्रममा चिकित्सकले बिरामी चाैधरीकाे ECG परीक्षण गरे । इसिजी पश्चात् उनलाई हृदयाघात (Myocardial Infarction) भएको पुष्टि भयाे ।

चिकित्सकहरुले आवश्यक प्राथमिक उपचारका रूपमा Aspirin 300 mg, Atorvastatin 80 mg र Clopidogrel 300 mg प्रदान गरे । बिरामीलाई थप उपचारका लागि उच्च स्वास्थ्य केन्द्रमा रिफर गरे । चिकित्सकद्वारा हरसम्भव उपचार गरियो । हृदयघात जस्तो जटिल समस्या देखिँदा यहाँ अस्पतालमा थप उपचार सम्भव भएन ।

अस्पतालको फार्मेसीमा Nitroglycerin औषधी उपलब्ध उपलब्ध थिएन । बिरामीकाे स्वास्थ्यलाई ध्यान दिँदै समयमै अस्पतालबाट रिफर गरे । रिफर गरिएकै आक्राेशमा बिरामीका आफन्तहरुले अस्पताल र चिकित्सकमाथि निराधार आरोप लगाउँदै गालीगलौज, धम्की र अभद्र व्यवहार प्रदर्शन गरे ।

अस्पतालले ‘सामाजिक सञ्जालमार्फत पनि चिकित्सक र अस्पताल विरुद्ध धम्कीपूर्ण टिप्पणी र गालीगलौज गर्ने गतिविधिहरूको प्रदर्शन भएकोले यसलाई अत्यन्तै दुःखद, गैरजिम्मेवार र निन्दनीय कार्यको रूपमा लिइएको छ । शिवराज अस्पताल परिवारले यस क्रममा शान्त, सुरक्षित र सम्मानजनक वातावरण कायम गर्न सबैलाई आग्रह गरेको छ ।’ भनी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अस्पतालले बिरामीको उपचारमा संलग्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा, सम्मान र मनोबल जोगाउनका लागि स्थानीय तह, सुरक्षा संस्थाहरू र नागरिक समाजको सहयोगको अपेक्षा गरेको छ ।

शिवराज अस्पतालले बिरामी चन्द्रावती चौधरीलाई गौतम बुद्ध सामुदायिक अस्पताल (GBC) मा थप उपचारका लागि रिफर गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP