Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव

जनकपुरधाम : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा आन्दोलन भड्काउने काममा भारतको हात रहेको आरोप लगाएका छन्। शनिवार जनकपुरमा मधेसवासीको नाममा सम्बोधन गर्दै उनले वीरगञ्जमा रहेको भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत मधेसमा आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने काम भइरहेको जिकिर गरेका हुन्।

मधेसमा दलहरू फुटाउने र जुटाउने खालको धम्की दिने काम पनि भारतीय पक्षले गरिरहेको मुख्यमन्त्री यादवको भनाइ थियो। उनले आफूमाथि समेत सुरक्षा थ्रेट रहेकोसमेत बताए।

सुरक्षाकर्मीहरूले आफूलाई सुरक्षा चुनौति रहेको भन्दै आएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले आन्दोलनकारीहरूले आफूलाई निशाना बनाएको दाबी समेत गरे। उनले आफू संवैधानिक ढंगबाट सरकारको नेतृत्वमा आएको र कुनै माग भए संवादमार्फत समाधानको बाटोमा अघि बढ्न पनि आन्दोलनकारी राजनीतिक दलहरूलाई आग्रह गरे।

मुख्यमन्त्री यादवकाे भनाइ:–

मधेस प्रदेशमा पनि वीरगंजमा रहेको काउन्सिलर अफिसको प्रतिनिधिहरू सिधै आएर दलहरूसँग प्रत्यक्ष सम्वादमा रहेर दलहरूलाई थ्रेट गर्ने, दलहरू फोडिदिन्छु भन्ने, दलहरू जुटाइदिन्छु भन्ने, नेताहरूलाई थ्रेट गर्ने प्रकृतिबाट नै यो खालको दिनप्रतिदिन क्षणक्षणमा सहमति हुने र सहमती भंग गर्ने वातारण सृजना भएको जानकारी गराउन चाहन्छु।

मलाई नेपाल सरकारको आर्मीको सुरक्षा मलाई छ। सशस्त्र प्रहरीको सुरक्षा मलाई छ। नेपाल प्रहरीको सुरक्षा मलाई छ। तर पनि मलाई सुरक्षा थ्रेट छ भने माननीय सभामुख ज्युको सुरक्षामा एउटा टुकडी नै छ प्रहरीको। अन्य मन्त्रीहरूलाई पनि सुरक्षा छ।

त्यसो भएको हुनाले हामीसँग पनि सुरक्षा निकायकै रिपोटिङ अनुसार मुख्यमन्त्रीज्यु कार्यक्रम कम गर्नुपर्‍यो, सीमित कार्यक्रमहरू गर्नुपर्‍यो। अलिकति सुरक्षा चुनौती छ। अलि संवेदनशील भइदिनुपर्‍यो भनेर आइसकेपछि यी विषयवस्तुहरू मैले कसलाई भन्ने ? सुरक्षा थ्रेट मलाई कोबाट छ ? अरु जनताबाट त हुँदैन।

त्यो आन्दोलनकारीबाट नै हुन्छ। त्यसकारण म सुरक्षित छैन भने कुनै अन्य व्यक्ति त सुरक्षित हुन सक्दैन। म सुरक्षित छैन भने अन्य दलको माननीयहरू सुरक्षित हुन सक्छन ? मलाई आक्रमण गर्दाखेरी मेरो पार्टीका कार्यकर्ता र मेरा समर्थकहरूलाई आक्रमण नगर्ला भन्न सकिन्छ ? थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP