Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतवार पनि आन्दोलन

काठमाडौं : मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतवार पनि आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका छन्।

मधेस प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको र मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरूले मधेस भवन अगाडि धर्नामा बसेका हुन्। माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरत साहले आफूहरूको विरोध तत्कालीन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको बताए।

उनले सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्तिको विषयमा गर्ने फैसला मधेसी जनताको पक्षमा गर्ने विश्वास व्यक्त गरे। नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले समेत सर्वोच्चको फैसलालाई आफूहरू सम्मान गर्ने बताउँदै त्यसपछि आफूहरू ७ दलीय गठबन्धनले छलफल गरी आन्दोलनको स्वरुपको विषयमा छलफल गर्ने बताए।

७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा, नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। आइतवार उनीहरू नेपालको राष्ट्रिय झण्डा बोकेर धर्नामा बसेका हुन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP