
काठमाडौँ : राष्ट्रिय सभाका दुई वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ।
बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा बारेमा छलफल गर्ने कार्यसूची छ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। सभाकक्षमा बस्ने बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया