Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव

काठमाडौँ : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव मनाएको छ। आफ्नो ८८ औँ वर्ष पूरा गरी ८९ औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा बैंकले वार्षिकोत्सव मनाएको हो।

कार्यक्रममा २५ वर्ष सेवा गर्ने ३ जना, २० वर्ष सेवा गर्ने ५३ जना कर्मचारीलाई पदक तथा प्रशंसापत्र प्रदान गरियो। यसैगरी प्रतिकुल अवस्थामा पनि बैंकको सुरक्षा मजबुत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै गौरादह शाखा र नयाँ बानेश्वर शाखाका सुरक्षकर्मीलाई पुरस्कृत गरियो। कार्यक्रममा प्रादेशिक तथा भौगोलिक वर्गगत रूपमा उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई समेत पुरस्कृत गरिएको थियो।

कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले कर्मचारी वर्गलाई आगामी दिनमा अझ सशक्त रुपमा अघि बढ्न आग्रह गर्दै सबैले आ–आफ्ना अधिकार क्षेत्रभित्र रहेर उच्च मनोबल तथा इमान्दारीकासाथ कार्यक्षेत्रमा लाग्न प्रेरित गरे।

१९९४ साल कार्तिक ३० गते स्थापना भएको बैंकका नेपालभर २३१ शाखा, २३७ एटिएम साथै ६१ वटा एक्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP